
चीनको युलिन शहरमा विवादित ‘डग मीट फेस्टिवल’ हुन्छ । चीनको गुवांग्शी प्रान्तमा हरेक वर्ष कुकुरको मासु खानका लागि मानिस एकजुट हुन्छन् ।
कुकुरको मासु खानुमा के गल्ती छ ?
यो विषय जनावरप्रतिको क्रुरताका लागि र तीनमा कुकुर प्रति मानिसको वदलिदो व्यवहारलाई लिएर भएको हो । यहाँका विक्रेता र बासिन्दाले कुकुरलाई मानवीय रुपमा मारिने बताएका छन् ।
उनीहरुले कुकुरको मासु खानेको तुलनामा सुंगुर, गाई या कुखुरा खानेहरुको क्रुरता कम छैन ।
चीनमा कुकुरको मासु खाने प्राचिन परम्परा हो । दक्षिण कोरिया तथा दोस्रो एशियाली देशमा पनि कुकुरकाे मासु खाने गरिएकाे छ ।
जो कुकुरको मासु खाने पक्षमा छन् उनीहरुले विदेशीले उनीहरुको तौर तरिकामा दखल दिने अधिकार राख्दैनन् ।
केही चिनियाँ गर्मी महिनामा कुकुरको मासु खानु लाभकारी भएको तर्क गर्छन् ।
उनीहरुले आफ्नो संस्कृतिको रक्षाको जिम्मेवारी आफूहरुको रहेको तर्क गर्छन् र मानवीय रुपमा कुकुरलाई मारिने गरिएको बताउँछन् ।
तर आलोचकहरु भने यसका कारण कुकुरको अवैध निकासी बढेको र घरमा पालिएको कुकुरको समेत चोरी हुने गरेको दाबी गर्छन् ।