×

NMB BANK
NIC ASIA

सरकारी ढुकुटीमा प्रदेशको दाइँ : तलबमा ७८ लाख खर्च, भत्तामा सवा करोड स्वाहा !

साउन २२, २०७६

NTC
Premier Steels

जनकपुरधाम – २ नम्बर प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेश सभाका पदाधिकारीको भ्रमणमा लाखौं रुपैयाँ खर्च भएको छ ।

Muktinath Bank

भ्रमणमा गत आर्थिक वर्षमा ६५ लाख ८ हजार २ सय १९ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सभामुख सरोजकुमार यादव र उपसभामुख उपमा देवले मात्रै भ्रमणवापत २३ लाख ६७ हजार ५ सय ४८ रुपैयाँ खर्च गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभाको लेखा अधिकृत नविनकुमार मिश्रले उपलब्ध गराएको आय–व्यय विवरणमा विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च शीर्षकमा रकम खर्च देखाइएको छ । सभामुख तथा उपसभामुखले कुन–कुन दिन कहाँ–कहाँ भ्रमण गरे भन्ने विषयमा प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिएनन् ।


Advertisment
Nabil box
Kumari

‘विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डल शीर्षक अन्तर्गत भएको खर्च भनेको सभामुख र उपसभामुखज्यूले गर्नुभएको भ्रमण खर्च हो,’ प्रदेशसभा सचिवालयका उपसचिव यादवले भने, ‘उहाँहरू भ्रमणमा जाँदा उहाँहरूसँगै स्वकीय सचिव, सवारीचालक लगायत पनि जाने हुनाले उनीहरूको भ्रमण भत्ता समेत जोडिएको हो ।’

Vianet communication

प्रदेश सभाका पदाधिकारीले भ्रमणमा गत आर्थिक वर्षमा ४१ लाख ४० हजार ६ सय ७१ रुपैयाँ खर्च गरेका छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा स्वदेशमा भ्रमण गर्दा सभामुखलाई दैनिक ३ हजार रुपैयाँ, उपसभामुख तथा अन्य विभिन्न पदाधिकारीलाई दैनिक २ हजार ५ सय रुपैयाँ भत्ता दिने उल्लेख छ ।

तर पदाधिकारीले वर्षमा कति दिनसम्म भ्रमण गर्न पाउनेबारे स्पष्ट प्रावधान नरहेको कारण पदाधिकारीको भ्रमणलाई नियन्त्रण गर्न नसकिएको प्रदेशसभा सचिवालयका उपसचिव यादवको जिकिर छ ।

सवारीसाधन खरिद र मर्मतमा करोडौं खर्च

प्रदेश सभाले गत आर्थिक वर्षमा सवारीसाधन खरिद र मर्मतमा मात्रै करोडौं खर्च गरेका छन् । एकातर्फ सवारीसाधन खरिद गरिएको छ भने अर्कोतर्फ सवारीसाधन भाडामा लिएबापत करोडौं रुपैयाँ खर्च गरिएको छ ।

खरिद वा भाडाभन्दा पनि सवारीसाधन मर्मतमा ५० लाख जति खर्च गरेका छन् । फेरि सवारीसाधन तथा मेसिनरी औजार भाडामा ६ लाख रुपैयाँ खर्च गरिएको छ ।

पूँजीगत बजेटबाट सवारीसाधन खरिदमा मात्रै ९ करोड ८१ लाख ७३ हजार ४ सय ९२ रुपैयाँ खर्च गरेका छन् । सवारीसाधन मर्मतका लागि ४९ लाख ९९ हजार १ सय ६७ रुपैयाँ खर्च गरेका छन् । मेसिनरी तथा औजार मर्मतसम्भार तथा सञ्चालन खर्च शीर्षकमा ७ लाख ४२ हजार ३ सय १ रुपैयाँ खर्च गरिएको छ ।

कर्मचारीको पारिश्रमिकभन्दा प्रोत्साहन भत्ता बढी 

प्रदेश सभामा कार्यरत रहेका कर्मचारीको मासिक पारिश्रमिकभन्दा पनि प्रोत्साहन भत्तावापत बढी रकम खर्च भएको छ । चालूतर्फ २२ करोड ६३ लाख ४५ हजार ४ सय ७८ रुपैयाँ खर्च भएको छ । जसमध्ये कर्मचारीको पारिश्रमिक ७८ लाख ६२ हजार २५ रुपैयाँ खर्च भएको छ तर कर्मचारीको प्रोत्साहन भत्तावापत १ करोड २३ लाख ९३ हजार ३ सय ६१ रुपैयाँ खर्च भएको छ ।

कर्मचारी बैठक भत्तावापत ३ लाख ११ हजार, पोशाकवापत ७ लाख ४३ हजार ५ सय र महंगी भत्तावापत ४ लाख ४६ हजार ८ सय ६७ रुपैयाँ खर्च भएको छ । कर्मचारी तालिमका लागि पनि ५ लाख रुपैयाँ खर्च गरिएको छ ।

पदाधिकारीको तलब भत्तामा करोडौं खर्च

प्रदेशसभा पदाधिकारीको तलबभत्तामा ठूलो रकम खर्च भएको छ । पदाधिकारीको पारिश्रमिकमा ६ करोड ४२ लाख ३ हजार ९ सय ४६ रुपैयाँ खर्च भएको छ । पदाधिकारी बैठक भत्तावापत ६१ लाख ३१ हजार ५ सय रुपैयाँ खर्च गरिएको छ भने पदाधिकारीको अन्य सुविधामा ७ करोड ८५ लाख १० हजार २ सय ४१ रुपैयाँ खर्च गरिएको छ ।

प्रदेश सभामा १ सय ७ जना सदस्य रहेकोमा १३ जना सदस्यको खर्च मन्त्रालयबाट हुने गरेको छ । मुख्यमन्त्री लालबाबु राउत, ६ जना मन्त्री र ६ जना राज्यमन्त्रीको खर्च आ–आफ्नै मन्त्रालयबाट हुने गर्छ ।

प्रदेश सभाको कार्यालय प्रयोजनका लागि इन्धनमा मात्रै २३ लाख १ हजार ४ सय ३५ रुपैयाँ खर्च गरिएको छ । फेरि अन्य इन्धन प्रयोजन शीर्षकमा पनि ११ लाख ९ हजार ७ सय ९४ रुपैयाँ खर्च गरिएको छ ।

सेवा र परामर्श खर्च अन्तर्गत १४ लाख ४८ हजार ९ सय ५० रुपैयाँ, करार सेवा शुल्क अन्तर्गत ७ करोड ३४ लाख ३ सय ५६ रुपैयाँ खर्च गरिएको छ । ४ लाख ६८ हजार ४ सय ११ रुपैयाँ औषधि खरिदमा खर्च गरिएको छ । विविध खर्च १ करोड ४३ लाख ७४ हजार ७ सय २८ रुपैयाँ भएको छ । 

अनुगमन, मूल्यांकन गर्ने काममा मात्र ८ लाख ३१ हजार ४ सय ५० रुपैयाँ खर्च गरिएको छ । पत्रपत्रिका, छपाइ, सूचना प्रकाशनमा १७ लाख ३० हजार २ सय ७९ रुपैयाँ खर्च गरिएको छ । निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भारमा २७ लाख ५६ हजार १ सय १८ रुपैयाँ खर्च गरिएको छ ।

मसलन्द तथा कार्यालय सामग्री शीर्षकमा ६६ लाख ५९ हजार ६६ रुपैयाँ खर्च गरिएको छ । सञ्चार महसुलमा ७ लाख १६ हजार ७ सय २६ रुपैयाँ खर्च गरिएको छ । पानी तथा बिजुलीमा ११ लाख १० हजार ४ सय ३८ रुपैयाँ खर्च गरिएको छ ।

पूँजीगततर्फ १२ करोड ५१ लाख खर्च 

प्रदेश सभाले पूँजीगततर्फ गत आर्थिक वर्षमा १२ करोड ५१ लाख १० हजार ७ सय ७८ रुपैयाँ खर्च गरेको छ । भवन निर्माणमा २२ लाख ७३ हजार ३९ रुपैयाँ, निर्मित भवनको संरचना सुधारमा १९ लाख ७५ हजार ७ सय १३ रुपैयाँ खर्च गरिएको छ ।

फर्निचर तथा फिक्सचर्समा ८४ लाख ८५ हजार २ सय १० रुपैयाँ, मेशिनरी तथा औजारमा ८३ लाख ५४ हजार ६ सय २२ रुपैयाँ खर्च गरिएको छ । वन तथा वातावरण संरक्षणमा ११ लाख ६ हजार ६ सय ८२ रुपैयाँ, पूँजीगत सुधार खर्च तथा सार्वजनिक निर्माणमा ४४ लाख ९२ हजार २० रुपैयाँ, पूँजीगत अनुसन्धान तथा परामर्शमा २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x