
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण हिजो स्थगित भएको बैठक आज (शुक्रवार) बिहान सवा ११ बजेपछि शुरू भएको हो ।
बैठकमा पार्टीका केन्द्रीय विभागहरूको नेतृत्व टुंगो लगाउने विषयमा छलफल हुनेछ ।
पार्टी सचिवालयका नेताहरूले महत्त्वपूर्ण विभागको जिम्मेवारी लिने तयारी भएपनि विशेष गरी स्कूल विभागको नेतृत्व कसले गर्ने भन्ने विषयमा टुंगो लाग्न सकिरहेको छैन ।
स्कूल विभागमा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबी छ ।
स्रोतका अनुसार स्कूल विभाग अध्यक्षद्वय मातहत नै राखेर बाँकी विभागहरूको नेतृत्व टुंगो लगाउने तयारी छ ।