निरन्तर घट्दै सुनको मूल्य, आज कति छ ?

काठमाडौं – साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

आइतवार  छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आइतवार छापावाल सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँको गिरावट आएको छ ।


Advertisement

आइतवार तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Advertisement

आइतवार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्