०६ साउन २०८३, बुधबार

बुटवलमा अर्को मुटु हस्पिटल बन्ने, देउसी भैलो खेलेर ५ करोड संकलन

कात्तिक १८, २०७६
बुटवलमा अर्को मुटु हस्पिटल बन्ने, देउसी भैलो खेलेर ५ करोड संकलन

बुटवल - रूपन्देहीको बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटीले हस्पिटल बनाउन लागेको हो । हस्टिल बनाउने क्लब दिपावलीको अवसरमा देउसी भैलो खेलेर करोडौं रूपैयाँ संकलन गरेको छ ।

तिनाउ नदी पश्चिम क्षेत्रमा पनि मुटु हस्टिलको आवश्यकता महशुस भएपछि त्यसको अभियानमा आफूहरू जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए । हस्पिटल बनाउने खेलिएको देउँसी भैलोबाट ५ करोड रुपैयाँ संकलन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

हस्टिल बुटवल–१३ बेलबासको (दश नम्बर टोल) मा बन्नेछ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु हस्टिल पनि सञ्चालनमा छ । हस्टिलको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सृजनशील रहेको छ । हस्टिलका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउने अध्यक्ष खड्काले बताए । २५ शैयाको हस्टिलमा आइसियु/सिसियु सहित सुविधा हुनेछ । हस्पिटल नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको बन्नेछ ।

हस्टिल बनाउने आफूहरूले महाअभियान नैं सुरू गरिएको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका द्धितीय उपाध्यक्ष डिबी खत्रीले हस्पिटलको कुल लगानी २० करोड रुपैयाँ हुने बताए ।

उनले १० करोड रुपैयाँ आफूहरुले संकलन गर्ने र हस्टिलका उपकरणहरु लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको बताए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोड रुपैयाँका उपकरणहरु (इक्युपमेन्ट) दिनेछ । देउसी भैलोमा बुटवल–१३ का डन्डपानी खनालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका छन । त्यस्तै अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिए । हस्पिटल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने हस्पिटल निर्माणका अभियान्ता डन्डपानी खनालले बताए । क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ संकलन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्