काठमाडौं – दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाको काम अघि बढेको छ ।
सडक विभागले अहिले कलंकीदेखि महाराजगञ्जसम्मको सडकमा रहेको रुख काट्न शुरू गरेको छ । कलंकीदेखि रुख काटेर अहिले स्वयम्भु पुगेको छ ।
कलंकीदेखि महाराजगञ्जसम्ममा २ हजार ९३ वटा रुख काट्नुपर्ने नेपाल वन निगमका इन्जिनियर विमल श्रेष्ठले लाेकान्तरलाई जानकारी दिए ।
चीन सरकारको सहयोगमा यो सडक विस्तार हुन लागेको हो । केही समय अघि मात्रै चिनियाँ सहयोगमा कलंकी कोटेश्वर सडकखण्ड निर्माण सम्पन्न भएको छ । पहिलोचरणमा कलंकी कोटेश्वर सडकखण्ड विस्तार भइसकेपश्चात चिनियाँ सहयोगमा नै दोस्रो चरणको काम शुरू भएको हो ।
कलंकीदेखि महाराजगञ्जसम्मको लम्बाई ८.२ किमि रहेको छ । सडकको मध्यभागबाट ३१/३१ मिटरमा पर्ने रुखहरू काट्ने काम अहिले धमाधम चलिरहेको छ ।
हेर्नुहोस्, भिडियो :
हेर्नुहोस्, तस्वीरहरू :







