२९ असार २०८३, सोमबार

साहले लेखे पुस्तक, भन्छन् : मधेस छुट्टै राज्य

कात्तिक २०, २०७४
साहले लेखे पुस्तक, भन्छन् :  मधेस छुट्टै राज्य
काठमाडौं, २५ चैत — नेपाल राज्यले मधेसीमाथि साम्राज्य चलाएर जातीय विभेद गरेको र मधेस छुट्टै राज्य भएको तर्क गर्ने एक पुस्तक सार्वजनिक भएको छ ।

राम मनोहर साहले लेखेको पुस्तक ‘द मिडल कन्ट्री : ट्राभर्स अफ मधेस थ्रु वार, कोलोनाइजेसन एन्ड एड डिपेन्डेन्ट स्टेट’ नामक पुस्तकमा मधेसलाई नेपाल उपत्यका र भारतबीचको भूमि भनिएको छ ।

संस्कृतको मध्यदेशबाट मधेस बनेको तर्क गर्दै पुस्तकमा यो भूभाग भारत र नेपालबाट सांस्कृतिक तथा राजनीतिक रूपमा फरक रहेको निष्कर्ष निकालिएको छ ।

पुस्तकमा मधेसको छुट्टै अस्तित्व देखाउनका लागि बौद्धधर्मको विनय पिटकका अलावा अल्बरुनी, ह्यामिल्टन र ब्रायन हजसन जस्ता विदेशीहरूलाई स्रोत बनाइएको छ ।

पृथ्वीनारायण शाहदेखि राणाकालसम्म मधेसलाई नेपालको साम्राज्य बनाइएको उल्लेख गर्दै लेखकले पहाडी समुदायबाट मधेसी समुदायमाथि भएको विभेदका विभिन्न उदाहरण पेश गरेका छन् ।

हजारौं वर्षदेखि यी दुई समुदायका बीच तीतोपना रहेको लेखकको तर्क छ । विदेशी सहायता लिएर तत्कालीन राजा महेन्द्रले पहाडी र मधेसी समुदायका बीच जातीय घृणा फैलाएको आरोप लगाइएको छ ।

दिल्ली, बेइजिङ र काठमाडौं जस्ता ठूलो चट्टानको बीचमा मधेसरूपी तरुल टिक्ला भन्ने प्रश्नका साथ पुस्तकको अन्त्य गरिएको छ ।

पुस्तक ४०८ पृष्ठको छ र यसलाई भारतको एड्रोइट पब्लिशर्सले प्रकाशित गरेको हो ।

पुस्तकका लेखक राम मनोहर साह कम्प्युटर इन्जिनियर हुन् र उनले दिल्ली विश्वविद्यालयबाट एमबीए गरेका हुन् । पुस्तकमा अधिवक्ता तथा मानवअधिकारकर्मी दीपेन्द्र झाले भूमिका लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्