एनआइसी एशिया बैंकले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता' योजना

एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको छ ।

बैंकले पहिला नै कार्यान्वयनमा ल्याएको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ योजनालाई नाममात्रै परिवर्तन गरेर यो योजना सार्वजनिक गरेको हो । 


Advertisement

आम जनमासलाई बुझ्न सहज होस भनेर यसको नाम परिवर्तन गरिएको बैंकले जनाएको छ । 

बैंकका अनुसार, रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकमहानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ । 


Advertisement

‘सुपर चमत्कारिक खाताहरू’ अन्र्तगत उक्त  ‘सुपर चमत्कारिक  मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सकिने बैंकले जनाएको छ ।  

रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको बैंकको भनाइ छ । 


 
 

कमेन्ट गर्नुहोस्