११ असार २०८३, बिहीबार

पक्षघातका कारण दा भिन्चीले देब्रे हातले पूरा गरेका थिए मोनालिसा चित्र

कात्तिक १९, २०७८
पक्षघातका कारण दा भिन्चीले देब्रे हातले पूरा गरेका थिए मोनालिसा चित्र

लियोनार्दो दा भिन्चीको कालजयी कृति मोनालिसाका सम्बन्धमा नयाँ अध्ययन निष्कर्ष सार्वजनिक भएको छ । 

नयाँ अध्ययनअनुसार, पुनर्जागरण कालका महान् कलाकारको दाहिने भाग पक्षघातका कारण चल्न छोडेकोले मोनालिसा पूरा गर्न सकेनन् । 

तर उनले देब्रे हातको सहायताले यो चित्रलाई अन्तिम रूप दिएका थिए । यस क्रममा उनलाई निकै पीडा भएको थियो । लियोनार्दो आफ्नो दाहिने हातले चित्र बनाउने गर्थे र रोगका कारण उनका अनेकौं काम अधुरै रहे । 

अहिलेसम्म प्राप्त जानकारी अनुसार, लियोनार्दो आफ्ना आखिरी दिनमा ठूलो स्ट्रोकको शिकार बनेका थिए र उनको दाहिने भाग निकै प्रभावित भएको थियो । उनले प्रयोग गरेको प्यालेट र ब्रशको स्थिति उनका चित्रहरूम देखिन्छ । 

जर्नल अफ द रोयल सोसाइटी अफ मेडिसिनमा प्रकाशित रिपोर्टअनुसार, दा भिन्चीका केही चित्र हेर्दा उनको दाहिने हातको तल्लो भागमा कपडा बाँधेर घाँटीमा झुण्ड्याइएको हुनुपर्छ । 

रिपोर्टका सहलेखक डाक्टर डेभिड लजेरी प्लास्टिक रिकन्स्ट्रक्टिभ एस्थेटिक सर्जन हुन् र उनको पनि यही राय छ । उनले भने, ‘तस्वीर हेर्दा उनले वैकल्पिक तरिका प्रयोग गरेको जस्तो लाग्छ । त्यसलाई क्ल ह्यान्ड अथवा नक्कली हात भनिन्छ ।’

डाक्टर लजेरी भन्छन्, ‘शायद यसैले गर्दा उनले आफ्नो जीवनको अन्तिम पाँच वर्षमा कुनै चित्र बनाएनन् । उनी शिक्षकका रूपमा विद्यार्थीहरूलाई तालिम दिइरहे तर आफैंले चाहिँ केही पनि बनाएनन् ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्