०२ साउन २०८३, शनिबार

ढोकाबाटै फर्काइन्छन् ओलीलाई भेट्न जाने नेता

मंसिर ११, २०७६
ढोकाबाटै फर्काइन्छन् ओलीलाई भेट्न जाने नेता

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुग्ने नेताहरू ढोकाबाटै फर्किने गरेका छन् ।

बुधवार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री हृदयेश त्रिपाठी, नेकपा महासचिव विष्णु पौडेल र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे अस्पताल पुगेका थिए तर कसैले पनि ओलीलाई भेट्न पाएनन् ।

अस्पताल जाने नेताहरू ओलीलाई राखिएको सघन उपचार कक्ष (आईसीयू) को ढोकाबाटै फर्किने गरेका छन् । आईसीयूभित्र प्रवेशमा कडाइ गरिएको छ ।

मंगलवार अस्पताल पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत ओलीलाई भेट्न पाएनन् । अस्पताल पुग्ने नेताहरू चिकित्सक र सचिवालयका सदस्यसँग ओलीको स्वास्थ्यबारे जानकारी लिएर फर्किने गरेका छन् ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेताहरूलाई प्रधानमन्त्रीसँग भेट्न नदिइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्