×

NMB BANK
NIC ASIA

पशुपति आर्यघाटमा घाट व्यवस्थापन समितिकै तर्फबाट शवमाथि खेलबाड हुन्छ, बार्गेनिङ हुन्छ भन्ने सुनिएको थियो ।

Muktinath Bank

मृतकका आफन्तले आफैं शव जलाउन खोजे दाउरा लगायतका दाहसंस्कारका समान पूरा दिँदैनन्, समितिकै तर्फबाट जलाउन आग्रह गर्ने हो भने दाहकहरूले इमोसनल ब्ल्याकमेल गर्छन्, अनाश्यक निहुँ झिकेर खोचे थाप्छन्, दुःख दिन्छन्, भावनामा खेलेर अतिरिक्त रकम असूल गर्छन् भन्ने पनि सुनिँदै आएको थियो तर विश्वास भने लागेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत कात्तिक ३० गते शनिवार आफैंले यस्तो अप्रिय घटनाको सामना गर्नुपर्‍यो, व्योहोर्नुपर्‍यो । पंक्तिकार आफ्नै आमाको शव लिएर दाहसंकारका लागि त्यहाँ पुगेको थियो त्यसदिन । साथमा हामी चार भाइ थियौं, दाजु देवराज, भाइहरू बुद्धिप्रसाद, नारायणप्रसाद र पंक्तिकार आफैं ।


Advertisment
Nabil box
Kumari

दाहसंस्कारको सामान खरिद गर्न जाँदा घाट व्यवस्थापन समितिको तर्फबाट सोधियो दाहसंस्कार कसले गर्ने भन्ने कुरो । प्रश्नको आशय थियो दाहसंस्कार आफैंले गर्ने कि समितिको तर्फबाट गराउने भन्ने । हामीले आफैं गर्ने सोच बनाएका थियौं तर साथमा हुनुभएका भुक्तभोगी वयोवृद्ध अग्रजले भन्नुभयो– 

Vianet communication

‘यो त्यति सजिलो छैन । पहिलो कुरा समय बढी लाग्छ आफूले जलाउँदा । दोस्रो कुरा दाहसंस्कारका लागि चाहिने दाउरा, पराल, घ्यू लगायतका सामान नै पूरा दिँदैनन् कर्मचारीले । सामान नपुगेर पटक–पटक लिन जानुपर्छ, बढी शुल्क तिर्नुपर्ने झन्झट त छँदैछ । साथसाथै दाउरा समेत आफैले काँधमा बोकेर ल्याउनुपर्छ । भर्खरै केही दिनअघि मलाई त्यस्तै भएको थियो । मैले थाहा पाएअनुसार अन्य आफन्तको अनुभव पनि त्यस्तै छ ।’

उहाँको अनुभव सुनेपछि हामीले आफैंले जलाउने आँट गर्न सकेनौं र समितिकै तर्फबाट जलाइदिन आग्रह गर्‍यौं । समितिले सामानको साथै दाहसंस्कार गर्ने मानिसको शुल्कसमेत जोडेर रसिद काट्यो । शुल्क तिरेर फर्कने क्रममा समितिका तर्फबाट भनियो– ‘के गर्ने हजुर यस्तै हो, दाहसंस्कार गर्नेले छुट्टै आश गर्छन्, दुई–पाँच सय दिनुहोला ।’

कुरो एकाध हजार बढी तिर्नुपर्‍यो भन्ने होइन, आवश्यक परे तिर्नुपर्छ, तिरैकै छन् तर नियत भने सफा हुनुपर्छ

हामीहरू हुन्छ भनेर फर्कियौं । समितिकै तर्फबाट सबै काम फटाफट भए । करीब दुई घण्टामै दाहसंस्कारको काम सकियो । फर्कने बेला ‘मेरो ज्याला खोइ ?’ भन्दै बाटो छेक्न आए दाहसंस्कार गर्ने भाइ । रु. पाँच सय झिकेर दिए भतिज भगवान् रिजाल र ज्वाईं रामप्रसाद ढुङ्गानाले । समितिका कर्मचारीले पहिले जति भनेका थिए त्यति नै दिएका थिए उनीहरूले त्यतिबेला तर दाहक भाइले ठाडै अस्वीकार गर्दै भने– ‘त्यतिले पुग्दैन, दुई हजार चाहिन्छ, हाम्रो रेट नै यही हो, त्यति नै दिनुपर्छ ।’ 

उनी खोचे थापेर कड्किन थालेपछि हामीले भन्यौं– ‘होइन भाइ ! कस्तो कुरा गर्दैछौ तिमी । तिम्रो ज्याला समतिमै बुझाएर आएका छांै, उतै माग्नु, यो त हाम्रोतर्फबाट छुट्टै चिया खर्छ दिएका हौं लेऊ’ हाम्रो कुरा काट्दै उनले भने ‘कसले कहाँ कति दियो जान्दैनौं । हाम्रो रेट त्यति हो, जुन हामीलाई नै दिनुपर्छ । दिने भए दिनुहोस्, होइन भने भयो, पर्दैन त्यसै जानुहोस् । तपाईंको आमालाई सित्तैमा जलाइदियौं ।’

इमोसनल ब्ल्याकमेल गर्न थाले । हामीले विवाद गर्न चाहेनौं र उनले भने जति नै दिएर बिदा भयौं । 

सबै आफन्त बितेर त्यहाँ पुगेका हुन्छन् । आर्यघाटमा पुग्ने भनेकै आफन्त बितेर हो । उनीहरू यसैपनि भावनामा बगेका हुन्छन् तर यसको अर्थ यो होइन कि त्यसैलाई भजाएर ब्ल्याकमेल गर्नु, गर्न थाल्नु । यो सरासर ठगी हो, लुट हो, बेइमानी हो । आर्याघाटमा पुग्दा पनि घूस, ठगी, ब्ल्याकमेल र मोलमोलाइको सामना गर्नुपर्छ भने अन्यत्र के आशा गर्ने ? प्रसूतिगृहदेखि आर्यघाटसम्मको सरकारी शुल्क तिरेका हुन्छन् जनताले । त्यसमाथि छुट्टै नजराना चढाउनुपर्छ भने यो कस्तो मानवता हो, कहाँ गर्ने मानवीय मर्यादाको खोजी ? यसमा ध्यान दिनुपर्ने सम्वद्ध निकायले हो तर यहाँ त सम्वद्ध निकाय आफैं मतियारको भूमिका निर्वाह गरिरहेको छ भने कसलाई के भन्ने ? 

पशुपति क्षेत्र विकास कोषले घाटको व्यवस्था गरेको छ । दाहसंस्कारको सबै व्यवस्था मिलाएर राम्रै काम गरेको छ भन्नुपर्छ । दाहसंस्कारको सामग्री त्यहीँबाट पाइन्छ । दाहसंस्कार गराउने मानिस र त्यस्तै परे क्रियाकर्म गर्ने मानिससमेत उपलब्य गराइदिन्छ उसले । त्यो पनि राम्रै हो तर त्यसैलाई व्यपारको माध्यम भने बनाउनु हुँदैन, पाइन्न । दाहसंस्कार मृतकको आफन्त आफैंले गर्न चाहे भने पनि निर्वाधरूपमा त्यसको व्यवस्था मिलाइदिनुपर्छ । सामानमा कैफियत गरेर आफन्त बितेर शोकमा परेकालाई थप अप्ठ्यारोमा पार्नु हुँदैन । यो घोर अन्याय हो, अपराध हो । व्यपार नै गर्ने भए अन्यत्र गए हुन्छ । सेवाको खोल ओडेर बेइमानीको धन्दा गर्न पाइन्न । 

आर्यघाटमा पुग्ने भनेकै आफन्त बितेर हो । उनीहरू यसैपनि भावनामा बगेका हुन्छन् तर यसको अर्थ यो होइन कि त्यसैलाई भजाएर ब्ल्याकमेल गर्नु, गर्न थाल्नु । यो सरासर ठगी हो, लुट हो, बेइमानी हो ।

दाहसंस्कार समितिकै तर्फबाट गराउन चाहनेले पनि विधिवत रसिद काटेर शुल्क तिसकेपछि कर्मचारीले शवमाथि ब्ल्याकमेल गर्ने छुट पाउनु हुँदैन, दिनु हुँदैन । दाहसंस्कारको ज्याला नपुगेको भए समितिले नै त्यसको व्यवस्था मिलाइदिनुपर्छ । रसिदमा उल्लेख भएको रकममा कसैले बिमति जनाउँदैन । चुपचाप तिर्छन्, तिरेकै छन् । सञ्चारमाध्यममा काम गर्छौं, दुईचार अक्षर पढेका छौं । केही देश, विदेश घुमेका पनि छौं, केही बुझेका पनि छौं । हाम्रो काम नै त्यही हो । हामीजस्ताले समेत त्यस्तो अप्रिय स्थितिको सामना गर्नुपरेको छ भने सर्वसाधारणको अवस्था कस्तो होला । 

कुरो एकाध हजार बढी तिर्नुपर्‍यो भन्ने होइन । आवश्यक परे तिर्नुपर्छ, तिरैकै छन् तर नियत भने सफा हुनुपर्छ । तोकिएको शुल्क तिरेपछि छुट पाउनुपर्छ सबैले । अनावश्यक निहुँ झिकेर खोचे थापी जति सकिन्छ उति बढी धुत्ने धृष्टता गर्नुहुँदैन । मानिसका भावनामा खेलेर अनावश्यक झण्झट दिने, दुःख दिने, शोषण गर्ने छुट कसैलाई पनि छैन, हुँदैन । यो सरासर मानवतामथिको आघात हो । मानवीय मर्यादाको उल्लङ्घन हो । आशा छ पशुपति क्षेत्र विकास कोषले यथाशीघ्र ध्यान दिएर कडा कदम उठाउनेछ । अस्तु अहिलेलाई यति नै । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x