रणवीर कपुर र आलिया भट्ट अहिले प्रेममा छन् । डेटिङ पनि गरिरहेका छन् तर उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार भने गरेका छैनन् ।
आलिया र रणवीरका नजिकका साथीभाइका अनुसार उनीहरू पनि अब विाहका लागि तयार भएका छन् । सूत्रका अनुसार आलियाले विवाहको योजना पनि बनाइसकेकी छन् ।
उनीहरूले भारतमै विवाह गर्ने छन् । कश्मिर आलियाको मन पर्ने स्थान हो । मेघना गुलजारको फिल्म ‘राजी’को शूटिङका लागि उनी २०१७ मा कश्मीर गएकी थिइन् ।
शूटिङका क्रममा कश्मीरको सुन्दरताले आलियाको मन चोरेको हो । त्यसैले उनी कश्मीरमा विवाह गर्न चाहन्छिन् । आलियाको यो फैसलामा रणवीर पनि राजी भएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
छापाबाट