×

NMB BANK
NIC ASIA

सबै जिप्रकालाई गृहले भन्यो– सार्वजनिक जग्गा फिर्ता ल्याउन भएका उपलब्धिको विवरण दैनिक पठाउनू

काठमाडाैं | बैशाख ७, २०८१

NTC
Premier Steels

गृह मन्त्रालयले सरकारी तथा सार्वजनिक सम्पत्ति र जग्गा साविककै अवस्थामा ल्याउन गरिएका काम–कारबाहीबारे भएका उपलब्धिको विवरण दैनिक रुपमा पठाउन ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय (जिप्रका)लाई अनुरोध गरेको छ ।

Muktinath Bank

अपराध तथा शान्ति सुरक्षा शाखाका शाखा अधिकृत दिनेश न्यौपानेले शुक्रवार विज्ञप्ति जारी गर्दै अतिक्रमण गर्ने व्यक्ति वा संस्थाको नाम ठेगाना पनि पठाउन अनुरोध गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘व्यक्ति वा संस्थाले गैरकानूनी रुपमा अतिक्रमण गरेका सरकारी तथा सार्वजनिक जग्गाको विवरण, त्यसरी अतिक्रमण गर्ने व्यक्ति वा संस्थाको नाम ठेगाना, त्यस्तो जग्गा वा सरकारी सम्पत्ति साविककै अवस्थामा फिर्ता ल्याउन गरिएका काम कारबाही र फिर्ता ल्याएको जग्गा तथा जुनसुकै प्रकारको सम्पत्तिको परिमाण सहितको प्रतिवेदन दैनिक रुपमा मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने दोषीमाथि कानूनबमोजिम कारबाही गर्न–गराउन सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्न यसअघि पत्राचार गरिसकिएको पनि गृहले स्मरण गराएको छ ।

Vianet communication

यसअघि नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री भएको बेला गत फागुनमा मन्त्रालयले कसैले सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी रुपमा दर्ता गरेको पाइएको भए सरकारलाई जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

गृहको विज्ञप्तिः 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x