१२ असार २०८३, शुक्रबार

बालकुमारी नजिकै प्रहरीले गोली चलायो, ३ जना पक्राउ

असार ६, २०८३
काठमाडौं
बालकुमारी नजिकै प्रहरीले गोली चलायो, ३ जना पक्राउ

प्रहरीले ललितपुरको बालकुमारी नजिकै गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

शंखमुल-बालकुमारी सडकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख, एसएसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिबाट केही मात्रामा लागूऔषध समेत बरामद गरिएको एसएसपी बोहराले बताए ।

लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा ब्यूरोको टोली त्यहाँ पुगेको थियो ।

उनीहरूले प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । 

घटनका विस्तृत विवरण आउन बाँकी छ। 
 

salt training

कमेन्ट गर्नुहोस्