
सब्सिच्युट खेलाडी एन्टे बुडिमिरको निर्णायक गोलको मद्दतले क्रोएसियाले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ। बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा पानामालाई १–० को साँघुरो अन्तरले पराजित गर्दै क्रोएसियाले महत्त्वपूर्ण ३ अंक जोडेको हो।
पराजयसँगै लगातार दुई खेलमा १–० को नतिजा बेहोरेको पानामा भने विश्वकपको दौडबाट बाहिरिएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्रोएसियाले खेलमा अग्रता लिएको थियो । खेलको ५४औँ मिनेटमा मैदान प्रवेश गरेका एन्टे बुडिमिरले आकर्षक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । खेलको बाँकी समयमा पानामाले बराबरी गोल फर्काउन निकै प्रयास गरे पनि क्रोएसियाको बलियो रक्षापङ्क्तिलाई तोड्न सकेन ।
खेल सकिएपछि मैदानमा निकै सुन्दर र भावुक दृश्य देखियो। क्रोएसियाका भेट्रान मिडफिल्डर तथा पूर्व ब्यालोन डी'ओर विजेता लुका मोड्रिचले देशका लागि २००औँ खेल पूरा गरेको अवसरमा टोलीका खेलाडीहरूले उनको सम्मानमा विशेष जर्सी लगाएका थिए।