२० असार २०८३, शनिबार
रास्वपा महाधिवेशन

सभापतिमा रवि निर्विरोध निर्वाचित, केन्द्रीय सदस्यका लागि आज मतदान हुँदै

असार १०, २०८३
काठमाडौं
सभापतिमा रवि निर्विरोध निर्वाचित, केन्द्रीय सदस्यका लागि आज मतदान हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ । पार्टीको सर्वोच्च पद सभापतिमा संस्थापक सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भैसकेका छन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदका लागि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राखेका थिए । २०७९ साल असार ७ गते घोषणा भएको रास्वपाले स्थापनाको चार वर्ष पुग्नै लाग्दा यो ऐतिहासिक पहिलो महाधिवेशन गरिरहेको हो ।

प्रतिनिधि छनोटमा देखिएको केही विवादका कारण सोमबारका लागि तय भएको बन्दसत्र केही ढिला गरी मंगलबार दिउँसो सवा ३ बजे मात्र शुरू भएको थियो । बन्दसत्रमा पार्टीका शीर्ष नेताहरूले विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गरेका थिए ।

महाधिवेशनको बन्दसत्रबाट पारित परिमार्जित विधानअनुसार अब रास्वपाको केन्द्रीय समिति कुल १५८ सदस्यीय हुनेछ । जसमध्ये ९९ जना केन्द्रीय सदस्यहरू महाधिवेशनको निर्वाचन प्रक्रियाबाट प्रत्यक्ष निर्वाचित भएर आउनेछन् भने बाँकी सदस्यहरू मनोनीत हुने व्यवस्था गरिएको छ ।

null

केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक संशोधन गरेर जारी गरेको कार्यतालिका अनुसार मंगलबार रातभरिमा सम्पूर्ण कानुनी र प्राविधिक प्रक्रियाहरू पूरा गरिएको छ । मंगलबार साँझ ७:३० देखि ९:३० बजेसम्म फारम वितरण र दर्ता गरिएको थियो । त्यसपछि राति उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन, दाबी-विरोध, जाँचबुझ र उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै मौन अवधि सुरु भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ८ बजेदेखि मतदान शुरू गर्ने तयारी गरिएको छ । महाधिवेशनमा सहभागी ४ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गर्ने भएकाले मतदान सम्पन्न हुन करिब आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

null

मतदान कार्य सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना शुरू गरिनेछ र परिणाम घोषणा गरिनेछ । पहिलो चरणबाट ९९ सदस्यीय केन्द्रीय सदस्यहरूको टुङ्गो लागेपछि दोस्रो चरणमा पदाधिकारीहरूको चयनका लागि चुनाव हुनेछ । 

पदाधिकारी निर्वाचनका लागि आयोगले छुट्टै नयाँ कार्यतालिका सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त भुवन केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्