३० असार २०८३, मंगलबार

मनसुनको प्रभाव सीमित: तराईमा तातो हावाको जोखिम, पहाडमा वर्षाको सम्भावना

असार १२, २०८३
काठमाडौं
मनसुनको प्रभाव सीमित: तराईमा तातो हावाको जोखिम, पहाडमा वर्षाको सम्भावना

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनीको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो मधेश तथा बागमती र गण्डकीको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिमको तराईमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । 

देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशीका तराईका तथा मधेशका केही स्थानसहित बागमती र गण्डकीका तराईका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकीका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकीको तराईमा आंशिक बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिमका तराईमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । 

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनीका हिमाली एवं पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशीका तराई तथा मधेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्