२० असार २०८३, शनिबार

रास्वपा सभापति रवि लामिछानेदेखि मन्त्री र सांसदका गाडीमा कालो सिसा [तस्वीरहरू]

असार १७, २०८३
काठमाडौं
रास्वपा सभापति रवि लामिछानेदेखि मन्त्री र सांसदका गाडीमा कालो सिसा [तस्वीरहरू]

ट्राफिक प्रहरीले यही असार १४  गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा राखिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ ।

ट्राफिक प्रहरीले विभिन्न सवारी साधनका कालो सिसा र सिसामा टाँस गरिएका कालो स्टिकर हटाइरहेको छ । 

तर, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेदेखि मन्त्री र सांसदका गाडीमा भने कालो सिसा यथावत रहेको पाइएको छ । 

बुधबार केन्द्रीय सदस्यको शथप समारोहका लागि पार्टी कार्यालय वनस्थली पुगेका अधिकांश नेता कार्यकर्ताको गाडीमा कालो सिसा नै देखिएको हो । 

यसअघि सोमबार गृहमन्त्री सुधन गुरुङले आफ्नो गाडीमा रहेको कालो सिसा तत्काल हटाउन निर्देशन दिएका थिए । मन्त्री गुरुङको निर्देशनपछि उनी चढ्ने सरकारी गाडीमा सिसामा लगाइएको कालो स्टिरक हटाइएको थियो ।

त्यसक्रममा गृहमन्त्री गुरुङले सरकारी वा निजी जुनसुकै सवारी भए पनि नियमविपरीत जडान गरिएका कालो सिसा हटाउन कुनै सम्झौता नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए ।

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्