×

NMB BANK
NIC ASIA

विश्वकप फूटबल प्रिभ्यु : जर्मनी फेरि च्याम्पियन बन्ने सम्भावना कति ?

जेठ ७, २०७५

NTC
Premier Steels

काठमाडौं, ७ जेठ – यही जेठ ३१ गतेदेखि रुसमा शुरु हुन लागेको फूटबल विश्वकपमा जर्मनीले विश्वकप फेरि जित्ने आँकलन धेरैले गरेका छन् । 

प्रशिक्षक योआचिम ल्योले सन् १९६२ पछि कुनै टोलीले लगातार दुईपटक विश्वकप जितेको कीर्तिमान जर्मनीलाई दिलाउलान् कि वरिष्ठ खेलाडीहरूले संन्यास लिएका कारण जर्मनीलाई अगाडि बढ्न गाह्रो होला ? 

त्यसो त जर्मन टीम विश्वकपमा जहिले पनि बलियो दाबेदारका रूपमा प्रस्तुत हुन्छ । चार वर्षअघि ब्राजिलमा विश्वकप जित्दा देखाएको जोश जर्मनीसँग अझै रहेको छ त ? लीग चरणमा उसले एसिया, युरोप र दक्षिण अमेरिकाका शक्तिशाली टोलीहरूको सामना गर्दैछ । एफ समूहका सबै खेलहरूरू उत्तिकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

जर्मनीका प्रभावशाली खेलाडी मिरोस्लाभ क्लोस र फिलिप लामले संन्यास लिएका कारण विश्वकप फेरि जित्ने उसको चाहनामा अलिकति धक्का लागेको छ । तर स्टार खेलाडीहरू नभएपनि जर्मन टोली एकढिक्का भएर खेल्ने हुनाले
उनीहरू अघिल्लो विश्वकपभन्दा पनि बढी शक्तिशाली रहेको विश्लेषण गरिएको छ । 

सान्द्रो वाग्नर र टिमो वर्नरले जर्मन अट्याकलाई क्लोसको अनुपस्थितिको अनुभव हुन दिएका छैनन् भने जोशुआ किम्मिचले सबै भूमिकामा उत्तिकै अब्बल प्रदर्शन गर्ने हुनाले उनी पनि टीमका एसेट हुन् । 

गोलकीपर तथा कप्तान म्यानुअल नेउर अघिल्लो सेप्टेम्बरदेखि सक्रिय नभएकोमा चाहिँ प्रशिक्षक ल्यो चिन्तित छन् । उपकप्तान मार्क–आन्द्रे तेर स्टेगेन त टीममा छन् तर नेउरको जस्तो प्रभाव छोड्न अरू खेलाडी सफल हुँदैनन् । 

आफ्नो समूह जितेर अघि बढ्न जर्मनीलाई समस्या नहुनुपर्ने हो तर प्रिक्वार्टरफाइनलमा ब्राजिलसँग भिड्नुपर्ने अवस्था आउन सक्ने देखिएकाले समूहविजेता नबन्ने प्रयास जर्मनीले गर्न सक्छ । 

मेसुट ओजिलले कहिले अद्भुत खेल प्रदर्शन गर्छन् भने कहिले साह्रै झुर खेलिदिन्छन् । टोनी क्रूस जस्तै उनी जर्मनीका लागि गोलका प्रशस्त अवसरहरू सिर्जना गर्नुपर्ने भूमिकामा छन् । जर्मन टोलीका सबभन्दा प्रतिभाशाली खेलाडी भनी चिनिने ओजिलले विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा प्रशंसकहरूले गरेका छन् । 

जर्मनी एफ समूहमा छ र उसका प्रतिस्पर्धीहरू मेक्सिको, स्विडेन र दक्षिण कोरिया रहेका छन् ।

एजेन्सी

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x