×

NMB BANK
NIC ASIA

शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्नुहुन्छ कि हुँदैन ?

असार ४, २०७६

NTC
Premier Steels

काठमाडौं — शिवपुराणका अनुसार, शिवजीलाई चढाएको प्रसाद ग्रहण गर्दा व्यक्तिका समस्त पाप मेटिन्छन् । तर वैष्णव लगायतका केही सम्प्रदायमा शिवलिंगमा चढाएको प्रसाद ग्रहण नगर्ने मान्यता छ । 

Muktinath Bank

भूतप्रेतहरूको गणको प्रधान मानिने चण्डेश्वर भगवान् शिवको मुखबाट प्रकट भएको हो र ऊ सधैं शिवजीको आराधनामा लीन रहन्छ । शिवलिंगमा चढाएको प्रसाद उसकै भागमा पुग्छ । कसैले यो प्रसाद खाएमा भूतप्रेतको अंश ग्रहण
गरेको ठहर्छ । यही कारण शिवलिंगमा चढाएको प्रसाद नैवेद्य खान मनाही छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिवपुराणको विद्येश्वरसंहिताको बाईसौं अध्यायमा एउटा श्लोक छ :


Advertisment
Nabil box
Kumari

चण्डाधिकारो यत्रास्ति तद्भोक्तव्यं न मानवैः ।
चण्डाधिकारो नो यत्र भोक्तव्यं तच्च भक्तितः ।।

Vianet communication

अर्थ : चण्डको अधिकार भएको शिवलिंगमा अर्पित प्रसाद मनुष्यहरूले ग्रहण गर्नुहुँदैन । तर चण्डको अधिकारमा नभएको शिवजीलाई अर्पित प्रसाद ग्रहण गर्न सकिन्छ । 

शास्त्रीय मान्यताअनुसार, शिवलिंगको प्रसाद ग्रहण गर्नु नगर्नुमा शिवलिंग कुन धातु वा पदार्थबाट बनेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सामान्य माटो, ढुंगा वा चिनियाँ माटोबाट बनेको शिवलिंगमा चढाएको भोग प्रसादका रूपमा ग्रहण गर्नुहुँदैन । 

तर शिवलिंग धातु, नर्मदाको तटमा पाइने पत्थर वाणलिंग वा पारोबाट बनेको छ भने त्यसमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । यो चण्डेश्वरको अंश नभएर महादेवको भाग भएकाले यसलाई ग्रहण गर्दा व्यक्ति दोषमुक्त मात्र नभई उसको जीवनको बाधा पनि नष्ट हुन्छ । 

यसबाहेक कुनै शिवलिंगलाई शालिग्रामका साथ पूजा गरिन्छ भने जुन पदार्थबाट बनेको भएपनि त्यसमा समर्पित प्रसाद दोषमुक्त हुन्छ र ग्रहण गर्न सकिन्छ । शिवजीको साकार मूर्तिमा चढाइएको प्रसाद पनि पूर्ण रूपमा ग्रहणीय हुन्छ र व्यक्तिलाई शिवकृपा प्राप्त हुन्छ । 

स्वयम्भू लिंग अर्थात् भक्तहरूको कल्याणका लागि स्वयं प्रकट भएका सबै शिवलिंगमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । अर्थात् पशुपतिनाथमा चढाएको प्रसाद अवश्य नै ग्रहण गर्नुपर्छ । यो प्रसाद लिने व्यक्तिका समस्त पाप नाश हुन्छन् । 

सिद्ध गरिएका शिवलिंग अनि शिवतन्त्रको दीक्षा लिएका शिवभक्तले शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्न सकिन्छ । 

ग्रहण गर्न नमिल्ने भनिएका प्रसाद पनि त्यत्तिकै मिल्काउन हुँदैन, त्यसो गर्दा पाप लाग्छ । त्यस्ता प्रसादलाई नदी वा अन्य जलमा प्रवाहित गरिदिनुपर्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x