साँझपख रुँदा मोटोपन घट्ने अध्ययनको निष्कर्ष

असार २२, २०७६

काठमाडौं – मोटोपन कम गर्नका लागि मानिसहरू अनेक किसिमका तरिका अपनाउँछन् तैपनि तौल घटिरहेका हुँदैन । यसको उपचारमा मानिसहरू बेस्सरी पैसा खर्च पनि गर्छन् ।

तर एउटा अनुसन्धानले साँझपख रुँदा मानिसको तौल घट्ने देखाएको छ । 


ADVERTISEMENT

एसियन वनमा प्रकाशित एक रिपोर्टअनुसार, रुँदा हाम्रो शरीरमा कोर्टिसोन नामक हर्मोन निस्कन्छ । यो हर्मोन बढ्दा तौल घट्छ । अनि तनावको स्तर बढ्दा हामी रुन्छौं र आँसुमार्फत विषाक्त पदार्थ शरीर बाहिर निस्कन्छ । उक्त विषाक्त पदार्थले नै मानिसको तौल बढाउने हो । 

रुँदाखेरी आँखाबाट सजिलै आँसु ननिकाल्ने व्यक्तिलाई तौल घटाउनु चुनौतीपूर्ण हुने अध्ययनले खुलाएको छ । रोएको नाटक गर्नेको चाहिँ तौल नघट्ने देखिएको छ ।

अनुसन्धानमा बताइएअनुसार, मानिसले तीन किसिमका आँसु निकाल्छन् ः बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु खुशीका कारण निस्कन्छ । रिफ्लेक्स आँसु धुँवा वा प्रदूषणका कारण निस्कन्छ । साइकिक आँसु भावका कारण निस्कन्छ । यही साइकिक आँसु निस्कँदा तौल कम हुने हो । 

साँझ ७ बजेदेखि १० बजेसम्म रुँदा तौल छिटो घट्छ । यतिखेर मानिसको नकारात्मक भाव बढी हावी हुन्छ । रुँदाखेरी शरीरमा उपस्थित क्यालोरी छिटो डढ्ने कुरा पहिले नै पत्ता लागिसकेको हो ।

एजेन्सी
 

असार २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस