आईएमएस केयरद्वारा न्यूरोडस्थित सेवा केन्द्र पुनः सञ्चालन

साउन २, २०७६

काठमाडौं-आईएमएस केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुन: सुचारु गरेको छ । 

आधुनिक पूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्वस्तरीय सेवा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक तथा उप–सभापति yubeom won, आईएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणय रत्न स्थापित र आईएमएस ग्रुप सीईओ र प्रेसिडेण्ट दिकेश मलहोत्राद्वारा उद्घाटन भएको छ । 


ADVERTISEMENT

ग्राहकहरूलाई सधैं उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरूमा पनि ग्राहकका लागि १८ सेवा केन्द्रलाई पनि अझै बढाउँदै जाने आईएमएस ग्रुप अध्यक्ष दिपक मलहोत्राले बताए । 

आईएमएस ग्रुप विगत २७ वर्षमा क्रमिक रूपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल २०ं वटा कम्पनीहरू रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरू सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।

साउन २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस