नाडाल यूएस ओपन टेनिसको फाइनलमा

भदौ २१, २०७६

काठमाडौं– अमेरिकामा जारी यूएस ओपन टेनिस टूर्नामेन्टमा स्पेनका राफेल नाडाल फाइनल प्रवेश गरेका छन् । शुक्रवार राती नाडालले इटलीका मातेओ बेरितिनीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

यससँगै उनी ५ औं पटक ओपन टेनिसको फाइनल खेल खेल्दैछन् । फाइनलमा उनले रूसका दानिल मेदवेदेवसँग प्रतिस्पर्धा गर्दैछन् । नडालले सेमीफाइनलमा बेरितिनीलाई चार सेटको प्रतिस्पर्धामा ७–६, ८÷६, ६–४ र ६–१ ले हराएका हुन् । 


ADVERTISEMENT

यसपटकको फाइनल खेल जीतेमा उनको नाम १९ ग्राण्ड स्लेममा रहनेछ ।
 

भदौ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार