२ लाख भारतीय रुपैयाँसहित १ पक्राउ

भदौ २२, २०७६

सिराहा– स्रोत नखुलेको भारतीय रुपैयाँ सहित  सिराहामा १ जना पक्राउ परेका छन ।

सखुवानान्कारकट्टी गाउँपालिका–५ बाट भगवानपुर गाउँपालिका–४ बस्ने ४० वर्षीय ओम प्रकाश साहलाई स्रोत नखुलेको   भारतीय रुपैयाँ २ लाख सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

ईलाका प्रहरी कार्यालय महेशवारीको प्रहरीले ठाडीबाट लहानतर्फ आउँदै गरेको बिआर ३२ क्यू ४०३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी साहलाई पक्राउ गरेको थियो ।
 

 

भदौ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस