×

NMB BANK
NIC ASIA

आलमको अपराध थप पर्दाफास हुँदै, न्याय खोज्दाखोज्दै मारिइन् आमा

कात्तिक ३, २०७६

NTC
Premier Steels

रौतहट- बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री आफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्याय पाउने आशामा छिन् । 

Muktinath Bank

उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतिक शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्वास उनमा बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओसी बम विस्फोटमा पर्दा रुबी करिब १३ वर्षकी मात्रै थिइन् । उनको त्यतिबेलै बिहे भएको थियो । उनी गौना नभएकाले माइतमै बसिरहेकी थिइन् । केही वर्षपछि उनको गौना भयो । दाइको हत्या घटनाको न्यायका निम्ति दौडधुप गरिरहेकी उनकी आमा रुक्सानाको गोली हानी हत्या भयो । आमाको हत्याको दिन २२ दिनको सुत्केरी रहेकी रुबीले त्यतिबेला घटना कसरी भयो, कसले गरायो, केही मेसो पाइनन् । समयान्तरमा उनलाई लाग्यो, दाइको जस्तै आमाको घटना पनि रहस्यमै हराउने भयो । 


Advertisment
Nabil box
Kumari

ओसीको हत्या घटनाको १२ वर्षपछि अनुसन्धान सुरु भएसँगै उनले भनिन्, ‘हमर अम्मीको हत्यारा पत्ता लगेके चाही । ओकर कडा से कडा सजाय होएके चाही ।’
आलमको चुनावी प्रचारमा हिँडेका रुबीका दाइ ओसी २०६४ चैत २७ गते साबिक राजपुर गाविसको राजपुर फरदहवा टोलमा भएको बम विस्फोटमा परेका थिए । भोलिपल्टको संविधानसभा चुनाव बिथोल्न भन्दै आलमका मान्छेहरूले बम बनाउने क्रममा भएको विस्फोटमा ओसीसहित अन्य घाइते भएका थिए । घटनाको पोल खुल्ने भन्दै आलमका मान्छेहरूले घाइते ओसीसहितलाई इँटाभट्टामा हालेर मारेको भन्दै परेको उजुरीमा प्रहरीले  यतिबेला अनुसन्धानलाई तीव्रता दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x