×

NMB BANK
NIC ASIA

धनगढी विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डको बन्ने, २० वर्षे गुरुयोजना तयार

माघ २५, २०७६

NTC
Premier Steels

सूदूरपश्चिमको एक मात्रै ठूलो विमानस्थलको रुपमा रहेको धनगढी विमानस्थल अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्ने भएको छ ।

Muktinath Bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिवार धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा विमानस्थलको गुरुयोजना सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणको लागि रियल पथ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको गुरुयोजना अनुसार सन् २०४० सम्ममा ३ चरणमा निर्माण कार्य हुने भएको छ । जसको लागि प्रारम्भिक चरणमा विमानस्थल निर्माणको लागि थप २४४ विघा जग्गा अधिग्रहण गर्नुपर्ने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

कन्सल्टेन्सीका इन्जिनीयर गुरुदत्त अधिकारीका अनुसार हाल ७० विघामा फैलिएको विमानस्थल अधिग्रहणपछि जम्मा २९७ विघामा बन्ने भएको छ । बन्ने संरचनाहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाउ) लगायतको मापदण्ड हुने र मान्यता पाउने इन्जिनीयर गुरुदत्त अधिकारीले जानकारी दिए । 

Vianet communication

यसैबीच १५० वटा विभिन्न संरचना निर्माण गरिने भएका छन् । विमानस्थल निर्माणको पहिलो चरण सन् २०२४ सम्म रहने भएको छ । यस चरणमा जग्गा अधिग्रहणसहित सडक विस्तारलगायत कार्य हुने भएका छन् ।

सन् २०२५ देखि २०३० सम्ममा २ हजार ५५० मिटर लामो र ४५ मिटर चौडा नयाँ धावन मार्ग, ट्याक्सी बाटो, पार्क, पार्किङ, पानी ट्यांकी, इन्धन स्टेसन, शौचालयलगायत विभिन्न संरचना निर्माण गरिने जनाइएको छ भने सन् २०३० देखि २०४० सम्ममा नयाँ टर्मिनल भवन, कन्ट्रोल टावर सबस्टेसन एयरलाइन ब्लक, एप्रोन विस्तार,  ट्याक्सी बाटो, वायु विज्ञान कार्यालय, कार्गो कम्प्लेक्स, सेमिनार हल, सुरक्षा भवन, क्यान्टिन, केन्द्र्रीय भण्डार गृह, एयरपोर्ट रोड, कर्मचारी क्वार्टर, हंगर, विमान पार्किङस्थल, पानी निकास लगायतका संरचना निर्माण गरिने जनाइएको छ ।

पहिलो चरणमा निर्माणको लागि १ अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६अर्ब ८ करोड गरी जम्मा १२ अर्ब १४ करोड बजेट लाग्ने जनाइएको छ ।

स्थानीयमा विकासको हुटहुटी

जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायीलगायत स्थानीय विमानस्थल निर्माणमा तीब्रता दिनुपर्ने माग राखेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले विकासको दृष्टिले पछाडि परेको क्षेत्रको विकासको लागि विमानस्थलमा तीव्रता दिनुपर्ने सुझाव दिए । उनले जग्गा अधिग्रहण गरिने क्षेत्रको ४ किल्ला तत्कालै तोकिनुपर्ने बताउँदै उनले जग्गाको नक्सा निर्माण तथा खरिदबिक्री बन्द गर्नुपर्ने बताए । स्थानीय जनतालाई सुसूचित गर्नेतर्फ स्थानीय तह लाग्नुपर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन मन्त्री माया भट्टले संघीय सरकारले सहकार्य गरे प्रदेश सरकार पनि विमानस्थल निर्माणको लागि लगानी थप्ने बताइन् ।

स्थानीयले २० वर्षे गुरुयोजना छोट्याउनुपर्ने माग राखेका छन् । विकासप्रति सरकारको तत्परता भए कम समयमा पनि विकास भएका धेरै रहेको बताउँदै छोट्याउनुपर्ने माग राखेका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य दीर्घ सोडारी, धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँद, पर्यटन व्यवसायी गोपाल हमाल, माया प्रकाश भट्ट, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, पत्रकार जगत साउँद, शिवराज भट्टलगायत बोलेका थिए । प्राधिकरणका महानिर्देशक राजन पौडेलले स्थानीयको साथ सहयोग पाएको अवस्थामा निर्माणले गति पाउने बताए ।

स्थानीयको चासोप्रति मन्त्री प्रफुुल्लित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले धनगढी विमानस्थल विस्तार गर्न मन्त्रालय तत्पर रहेको बताएका छन् । तत्कालै विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै थालिने बताउँदै मन्त्री भट्टराईले जग्गा अधिग्रहणको लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई तयारीमा रहन आग्रह गरेका छन् ।

उनले बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल र टीकापुर विमानस्थल सञ्चालनको लागि स्थानीय तह पनि बजेटमा साझेदारी गर्न अग्रसर रहेको बताउँदै चाँडै नै सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x