
शरीरमा सुहाउने ड्रेस लगाउने मन कसलाई नहोला र ? तर, तुलनात्मक रुपमा मोटा मान्छे जहिल्यै गुनासो गर्छन्, ‘ड्रेसअप नै सुहाएन्।’ त्यसमा पनि मोटी महिलाको अझ बढी गुनासो हुन्छ।
३० वर्षभन्दा माथिका महिला विवाहित र बच्चाबच्ची भइसकेको हुने हुनाले शरीर केही भद्दा हुनसक्छ।
मोटी महिलाले सारीसँगै लङ गाउन, अनारकली, लेहेंगा चोली रोज्न सक्छन्।
लङ गाउन जहिल्यै पनि प्लेन कपडामा बनाउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डरले डिजाइन गर्नुपर्छ।
लेहेंगा चोलीमा पनि बोर्डर सानो, यदि हाइट धेरै भए ठूलो बोर्डर हेरेर डिजाइन गर्नुपर्छ। चोली लामो गरेर पनि बनाउन सकिन्छ। सकेसम्म पेट भएकाहरूलाई हाई बेस्ट लेहेंगा लगाउँदा राम्रो देखिन्छ।
लेहेंगा होस् वा गाउन, जे लगाउँदा पनि मुख्य रूपमा कलर कम्बिनेसनलाई ध्यान दिनुपर्छ। भद्दा कपडा नछानी प्लेन कपडा, जर्जेट, सिफन, लाइब्राजस्तामा डिजाइन गर्ने हो भने स्टाइलिस देखिन्छ।
अनारकली बनाउँदा सकेसम्म चोली नछुटाई बनाउनुपर्छ । सकेसम्म अनारकली पनि प्लेन कपडामै डिजाइन गर्दा राम्रो हुन्छ। अझै अनारकली पनि सुरुवाल नलगाउने गरी गाउन स्टाइलमा राम्रो देखिन्छ।
लङ कुर्ती पनि पार्टीवेयरमा लगाउन सकिन्छ । यसलाई स्टाइलिस बनाएर माथि प्लेन कपडा लिई इम्ब्रोइडरी गरेर तल प्रिन्टेड फेब्रिकमा सुरुवाल डिजाइन गरेर बनाउन सकिन्छ।