×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसले एक महिनामा यसरी बदल्यो इटलीको तस्वीर

चैत १०, २०७६

NTC
Premier Steels

एक महिनाअघि ७८ वर्षीय एक सेवानिवृत्त डकर्मी नोभल कोरोनाभाइरसबाट युरोपमा मर्ने पहिलो व्यक्ति बने । 

Muktinath Bank

त्यतिखेर इटलीको जीवन सामान्य देखिन्थ्यो । क्याफे र बारहरू भरिभराउ थिए, पर्यटकीय गन्तव्यहरूमा भीडभाड थियो र राजनीतिमा नाटकीयता कायम थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटलीका सडकहरू अहिले सुनसान छन् र देशले एक शताब्दीयताको सबभन्दा खराब महाव्याधिलाई रोक्नका लागि संघर्ष गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

चीनमा पहिलोपटक देखिएको महाव्याधिले इटलीमा सबभन्दा धेरै मानिसको ज्यान लिएको छ । 

Vianet communication

पादुआ नामक स्थानमा ती सेवानिवृत्त डकर्मीको मृत्युपछि कोरोनाका केसहरू ह्वात्तै बढेर गए अनि सरकारले उक्त क्षेत्रका शहरहरूलाई आइसोलेट गर्‍यो । 

‘सबै कुरा नियन्त्रणमा छ,’ प्रधानमन्त्री जोसेप्पे कोन्तेले पहिलो लकडाउनपछि देशलाई बताए । 

उनले इटलीको भूमिमा नयाँ भाइरस फैलिएकोमा उत्पन्न भएको डरलाई दबाउन खोजेका थिए । 

तर उनको आत्मविश्वास आलोकाँचो देखियो । अहिले देशमा ५ हजार ४७६ जनाको मृत्यु कोरोनाभाइरसकै कारण भइसकेको छ अनि ५९ हजार १३८ जना संक्रमित बनेका छन् । यो सार्वजनिक स्वास्थ्य संकटले इटलीको स्वास्थ्य सेवा प्रणालीलाई जर्जर बनाएको छ । 

भाइरसको केन्द्रविन्दुका रूपमा रहेको उत्तरी भागका स्थानीय तथा क्षेत्रीय नेताहरूले कोन्तेलाई सैन्य तैनाथी गर्न आह्वान गरेका छन् । थप मानिसहरूलाई घरैमा नरोकेमा रोग फैलिरहने उनीहरूको भनाइ छ । 

अनि चीनको रेडक्रसका स्वास्थ्यविद्हरूले लोम्बार्डी क्षेत्रका अस्पताललाई सहायता गरिरहेका छन् र अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । 

‘तपाईंहरू सबै किसिमका आर्थिक गतिविधि बन्द गर्नुपर्छ, सबैजना घरमै बस्नुपर्छ,’ समूहका उपाध्यक्ष सुन शुओपेङले बताए । 

‘तपाईंहरूले कठोर उपाय अपनाइरहनुभएको छैन,’ उनले चेतावनी दिए । 

थप अनुशासन आवश्यक रहेको आह्वान गर्ने उनीहरू मात्र हैनन् । दक्षिणी भागका अधिकारीहरूले सामाजिक सञ्जालमा कठोर सन्देश प्रवाह गर्दै घरैमा बस्न मानिसहरूलाई भनेका छन् । 

छिमेकीहरू घुलमिल गर्ने, बार्बेक्युमा रमाउने, बाहिर निस्केर खानेकुरा र चुरोट किन्ने अनि घरमा बस्दा तनाव भयो भन्ने पटमूर्खमाथि डेलिया शहरका मेयर जियानफिलिप्पो बानचेरीले आक्रोश प्रकट गरे । 

शनिवार ब्रेसिया अस्पतालको आईसीयूका प्रमुख जोसेप्पे नतालिनीले इटालेलीहरूलाई थप ध्यान दिन आग्रह गरे । ब्रेसिया मिलान शहरभन्दा १०० किलोमिटर पूर्वतिर पर्छ र त्यहाँ लगभग ५ हजारजनामा संक्रमण देखिएको छ । 
‘नियन्त्रणको आदेशलाई बेवास्ता नगर्नुस्,’ नतालिनीले राइ न्युज२४ लाई बताए । 

इटलीमा कोरोना संक्रमण बढेको बढ्यै छ र स्वास्थ्यविद्हरूले यसको चरम स्थिति अझै आउन बाँकी रहेको बताए । ब्रेसिया लगायतका स्थानमा अस्पतालहरू कुनै पनि बेलामा सेवाप्रवाह गर्न नसक्ने स्थिपतमा पुग्दैछन् ।

चिकित्सकहरू, नर्सहरू र अन्तिम संस्कार गराउने पादरीहरू भाइरसबाट मरिरहेका छन् अनि प्रत्येक दिन नयाँ नयाँ केस र मृत्युका खबर आइरहेका छन् ।

द लोकल डट् इटबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x