कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडाैं | पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् ।
लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न अमेरिकी राष्ट्रपति जो बाइडेन र नेटो सैन्य गठबन्धनले दिएको चेतावनी अवज्ञा गरेपछि इरान समर्थित हुथी आतंकवादी समूहविरुद्ध यमनमा सैन्य कारवाही गर्ने आदेश दिएको बाइडेनको दाबी छ ।
'आज मेरो निर्देशनमा अमेरिकी सेनाले बेलायतको सेनासँग मिलेर अष्ट्रेलिया, बहराइन, क्यानाडा र नेदरल्याण्डको समर्थनमा यमनको कैयौं क्षेत्रमा सफलतापूर्वक हमला गरेका छन्,' राष्ट्रपति बाइडेनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
बाइडेनले सैन्य हमला गरेको दाबी गरेको क्षेत्रमा बसेर हुथीहरूले जहाजमा ड्रोन आक्रमण गर्ने गरेका थिए । 'आवश्यकताअनुसार हाम्रो सुरक्षा र अन्तर्राष्ट्रिय रूपमा सामानहरूको ओसार-पोसार गर्ने क्षेत्रलाई सुरक्षित र खतरामुक्त बनाउन हामीले निसंकोच कारवाहीहरू गर्छौं,'विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी वायुसेवाद्वारा जारी एक विज्ञप्ति अनुसार अमेरिका र गठबन्धनका सेनाले इरान समर्थित १६ हुथी उग्रवादी रहेको आशंका गरिएका ६० ठाउँमा हमला गरिएको थियो । जसमध्ये हुथीको कमाण्ड र कन्ट्रोल सिस्टम, युद्ध सामग्री, राडार र अन्य रणनीतिक क्षेत्र परेका छन् ।
यस हमलाले संसारको महत्त्वपूर्ण जलमार्गमा बढ्दो खतराको संकेत गर्छ । यसअघि सम्म अमेरिका यमनमा आक्रमण गर्ने मूडमा थिएन । तर हमास-इजरायल युद्धका कारण यस क्षेत्रमा तनाव बढिरहेको थियो । अन्तराष्ट्रिय जहाजहरूमाथि हुथीको आक्रमण नरोकिएपछि अमेरिकाले यो सैन्य कारवाही गर्न आफू मजबुर भएको जनाएको छ ।
यद्यपि गाजा युद्ध शुरू भएपछि अमेरिकाले इराक र सिरियामा इरानी प्रतिनिधिहरू विरुद्ध हमला गरेको थियो । तर यमनमा भने यो पहिलो आक्रमण हो ।
एक वरिष्ठ सैन्य अधिकारीले बिहीवार साँझ संवाददाताहरूसँग भने, 'यस हमलाबाट हुथीको कति क्षति भयो भन्न सकिन्न तर यो महत्त्वपूर्ण थियो । हाम्रो निशाना सटिक थियो । हामीले यमनको आम जनतालाई निशाना बनाइरहेका थिएनौं ।'
तर हुथीद्वारा संचालित अल-मसिरा टिभीले यमनको सना क्षेत्रमा गरिएको सानो बमबारी देखाइएको थियो ।
यो हमला अमेरिकी रक्षा सचिव लोयड अस्टिन प्रोटेस्ट क्यान्सरको उपचार भइरहेको बेलामा भएको थियो । एक वरिष्ठ सुरक्षा अधिकारीको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, 'क्यान्सरको उपचार भइरहेका बेला अस्टिनले सञ्चारको पुरै सेट आफूसँग राखेर हमलाको आदेश र निगरानी गरिरहेका थिए ।'
हुथी एक इरान समर्थित शिया राजनीतिक र सैन्य संगठन, जो सऊदी अरबद्वारा समर्थित गठबन्धनविरुद्ध यमनमा गृहयुद्ध लडिरहेको छ । यसले धेरै हप्तादेखि रेड सीमार्फत सामान ओसार-पोसार गर्ने कमर्सियल जहाजहरूमाथि ड्रोन र मिसाइलले आक्रमण गरिरहेको छ ।
यमनमाथि अमेरिकाले ठूलो हमला गरेको र जनतालाई निशाना बनाइएको हुथीका उप विदेशमन्त्री हुसैन अल-एजीले दाबी गरेका छन् ।
त्यस्तै बिहीवार हुथी नेता अब्दुल मालेकके एक भाषणका क्रममा भनेका थिए, 'यमनमाथि भएको आक्रमणमा हामी चुप बस्दैनौं । अब थप अमेरिकी जहाजहरू निसानामा पर्नेछन् ।'
शुक्रवार सामाजिक संजालमा एक पोस्ट गर्दै हुथीका सर्वोच्च क्रान्तिकारी समितीका प्रमुख मोहम्मद अली अल हुथीले भनेका छन्, 'अमेरिकाको हमला एक बर्बर आतंकवादी हमला हो । यसले अमेरिकाको क्रूर मनोविज्ञान देखाउँछ ।'
अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले चेतावनी दिँदै भनेका छन्, 'यदि हुथीले यस्तो काम नरोके यसको थप नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ । दुर्भाग्यले यो अझै रोकिएको छैन ।' ब्लिंकनले गाँजा युद्ध एक क्षेत्रीय संघर्षमा बदलिएको र उक्त क्षेत्रमा धेरै खतराको बिन्दू रहेको बताए ।
बुधवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अमेरिका र जापानको नेतृत्वमा एक प्रस्ताव पारित गरेको थियो जनसमा १९ नोभेम्बर २०२३ पछि कमर्सियल जहाजमा भएको हुथी आक्रमणको कडा शब्दमा निन्दा गरिएको थियो ।
उक्त प्रस्तावउपर ११ देशले पक्षमा मतदान गरे भने चीन र रुससमेत चार देश अनुपस्थित थिए । यमनमा सन् २००२ यता अमेरिकाले ४ सय पटक हवाई हमला गरिसकेको छ ।
यमनमा गरिएको आक्रमणले साउदी अरब र हुथीबीच उक्त क्षेत्रलाई शान्त राख्ने उद्देश्यका कैयौं सम्झौता र युद्धविराम भाँडिने जोखिम पनि छ । एक अमेरिकी अधिकारीको भनाइ उदृत गर्दै सीएनएन लेख्छ, 'बाइडेन प्रशासन यसबारे जानाकार छ र थप रणनीतिहरू तय गर्दैछ ।'
लामो समयसँग संघर्ष चल्ने चिन्ता
केही अमेरिकी अधिकारीहरूले सो क्षेत्रमा इरानी प्रोक्सी समूहमाथि गरिएको आक्रमणले लामो समयसम्म संघर्षको वातावरण पैदा गर्ने खतरा औंल्याएका छन् । अन्तर्राष्ट्रिय कमर्सियल जहाज यात्रा गर्ने उक्त क्षेत्रमा हुथीहरूले पनि आफ्नो आक्रमण कायमै राखेका छन् ।
नयाँ वर्षको शुरुवातमै एक अमेरिकी सैन्य हेलिकप्टरले सो क्षेत्रमा तीन तीन डुंगामाथि आक्रमण गरेर त्यहाँ सवार हुथीहरूलाई मारेको थियो । यहींबाट पछिल्लो संघर्षको शुरुवात भएको मानिन्छ ।
त्यसपछि एक विज्ञप्ति जारी गर्दै अमेरिकाले हुथीहरूले उक्त क्षेत्रमा कमर्सियल जहाजहरूमाथि आक्रमण नभए त्यसको परिणाम हुथीले नै भोग्नुपर्ने बताएको थियो ।
उक्त विज्ञप्ति आएको केही घण्टापछि नै हुथीले मानवरहित ड्रोनमार्फत एक जहाजमा आक्रमण गरेको थियो ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
डोनाल्ड ट्रम्प यदि आगामी नोभेम्बरमा पुन: निर्वाचित भए के हुन्छ ? उनी व्हाइट हाउस फर्केर चिनियाँ उत्पादनमा ६० प्रतिशत कर लगाउने उनको वाचा लागू गरे झन् के होला ? यदि ट्रम्प फर्किएर यस्तो प्रावधान कार्यान्वयनमा आयो भने...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...