मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडाैं | फागुन २६, २०८०
डोनाल्ड ट्रम्प यदि आगामी नोभेम्बरमा पुन: निर्वाचित भए के हुन्छ ? उनी व्हाइट हाउस फर्केर चिनियाँ उत्पादनमा ६० प्रतिशत कर लगाउने उनको वाचा लागू गरे झन् के होला ? यदि ट्रम्प फर्किएर यस्तो प्रावधान कार्यान्वयनमा आयो भने भारतलगायत धेरै देशको अर्थतन्त्रलाई असर त पर्छ नै सँगसँगै नयाँ अवसरका साथै चुनौतीहरू पनि खडा हुनेछन् ।
अहिलेसम्म बेइजिङले यस सम्भावित 'मेड-इन-अमेरिका' चुनौतीलाई कसरी सामना गर्ने भन्ने बारेमा मौन छ । प्रधानमन्त्री ली छ्याङले देशको आर्थिक रणनीतिको बारेमा धेरै खुलासा नगरी हालै आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदनलाई बजेट भाषणको चिनियाँ संस्करण पनि भनिएको छ । चिनियाँ नेताहरूले नयाँ नीति तर्जुमा गर्न हतार गर्नुको सट्टा आफ्नै अर्थतन्त्र र अमेरिकी राजनीतिक परिदृश्यमा विकसित अवस्था हेरिरहेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले पनि सन् २०२२ देखि २७ को आर्थिक नीति तर्जुमा गर्न तेस्रो बैठक आयोजना गरेको छैन । पार्टीले हरेक पाँच वर्षमा विभिन्न विषयमा सातवटा बैठक गर्छ भने तेस्रो बैठकमा आर्थिक विषयमा छलफल हुने गर्छ । उच्च अधिकारीहरूको यो असाधारण मौनताले पार्टीका महासचिवसमेत रहेका सी जिनपिङले यसअघिको परम्पराको अन्त्य गर्दैछन् भन्ने आभास दिइरहेको छ ।
यो कदम चिनियाँ मापदण्ड अनुसार पनि अधिनायकवादी छ । आर्थिक मामिलाहरूमा निर्णय लिने कम्युनिष्ट नेताहरूको फराकिलो मञ्चमा यस विषयमा छलफलको गर्नुको सट्टा 'सुधार आयोग (सीसीडीआर)' शीर्ष नेताअन्तर्गत सार्ने काम भएको छ । राष्ट्रपति सीमा आफू र आफू निकटबीच मात्र छलफल गरेर निर्णय लिन चाहने प्रवृत्ति बढेको छ ।
अर्थतन्त्र पुनरुत्थानका लागि धेरै अपेक्षा गरिएको 'प्याकेज' बजेट भाषणमा हराइरहेको छ, जसले सरकारको महत्त्वाकांक्षामाथि प्रश्न खडा गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्ने घरजग्गा कारोवारमा देखिएको संकटको कुनै समाधान हुन सकेको छैन र निर्यातमा आएको सुस्ततालाई नियन्त्रण गर्ने प्रयास पनि भएको छैन ।
त्यसोभए, चीनले किन तत्काल समस्या समाधानमा दिनुपर्ने जति ध्यान दिइरहेको छैन ? केही विज्ञहरूले राष्ट्रपति सीले बढ्दो बेरोजगारी र सुस्त अर्थतन्त्रबाट उत्पन्न हुने विद्रोहको बारेमा चिन्ता लिनुपर्ने कुनै कारण नभएकाले ठूलो रणनीतिमा काम गरिरहेको ठान्छन् । उनको भ्रष्टाचारविरोधी र अनुशासनात्मक कदमले पार्टी कार्यकर्तालाई आफ्नो नेतृत्व सही मार्गमा रहिरहने सुनिश्चित गरेको उनीहरूको विश्वास छ ।
चीनले गत वर्ष जस्तै सन् २०२४ मा ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । यद्यपि चीनले सन् २०२३ को अन्त्यमा ५ दशमलव २ प्रतिशत भन्दा अलिकति राम्रो प्रदर्शन गरेको छ । वित्तीय घाटा पनि ३ प्रतिशतमा यथावत रहनेछ, जसले उच्च वृद्धिका लागि धेरै खर्च गर्न सरकारले अनिच्छा देखाएको पुष्टि गर्छ ।
चीनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रणालीबाट टाढिँदै ‘उच्च गुणस्तरीय वृद्धि’मा ध्यान केन्द्रित गर्ने कुरा गरिरहेको छ । 'उच्च गुणस्तरीय वृद्धि' विचारको अर्थ बेइजिङ स्वास्थ्य र शिक्षा वितरण प्रणाली जस्ता क्षेत्रमा भएको सुधारबाट मात्र सन्तुष्ट हुने भन्ने होइन ।
यसको सट्टा, उदीयमान उद्योग र प्रविधिको विकास बाहेक, 'वैज्ञानिक र प्राविधिक आविष्कार'मा चीन केन्द्रित छ, जसलाई सरकारले 'चिनियाँ शैलीको आधुनिकीकरण'को नाम दिएको छ । यसलाई आर्थिक गिरावट, ओरालो सेयर बजार र लगानीकर्ताको विश्वासमा देखिएको कमीले कमजोर बनाएको छैन ।
नेशनल पिपुल्स कंग्रेस र चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्समा चलिरहेको दुई सत्रको अवधिमा चिनियाँ संसदका दुवै सदनलाई राष्ट्रपति सीले पार्टी प्रतिनिधिहरूलाई उच्च गुणस्तरको विकासलाई दृढताका साथ बुझ्न आवश्यक रहेको बताए । स्थानीय अवस्थाअनुसारको नयाँ उत्पादनलाई प्राथमिकता दिन उनको जोड थियो ।
'प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणको नयाँ चरणमा हामीले अवसरलाई सदुपयोग गर्न, नवप्रवर्तन प्रयासहरू बढाउन, उदीयमान उद्योगहरूको विकास गर्न, भविष्यका उद्योगहरूको निर्माणका लागि योजना बनाउन र आधुनिक औद्योगिक प्रणालीमा सुधार गर्नुपर्छ,' उनले भने ।
यो राष्ट्रपति सीले खेलेको जुवा हो। ‘उच्च गुणस्तरीय वृद्धि’को मन्त्रको आवरणमा रोजगारी सृजनाको परम्परागत ढाँचा र कूल गाहर्स्थ उत्पादनलाई किनारामा राख्दा राष्ट्रपति सी सफल हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । उनले घरेलु समस्यालाई सम्बोधन गर्ने भन्दापनि परराष्ट्र नीतिसँग जोडिएका विषयलाई प्राथमिकता दिएका छन् ।
नयाँ प्रविधि र एआई, रोबोटिक्स, ड्रोन, सेमीकन्डक्टर, चालकविहीन कार, व्यावसायिक अन्तरिक्ष यात्रा र क्लीन टेक्नोलोजीजस्ता उदीयमान उद्योगहरूमा उत्कृष्टता हासिल गर्नुलाई नै राष्ट्रपति सीले प्रतिद्वन्द्वी अमेरिकासँग सामना गर्न सक्ने एक मात्र उपाय रहेको मानेका छन् ।
भित्री रूपमा चीनले शहरी पूर्वाधारमा लगानी गरेर विकास गर्ने पुरानो विधिलाई निरन्तरता दिइरहेको छ । यदि यस क्रम-उपक्रमबाट बाहिर ननिस्किने हो भने चीनले अमेरिकासँगको सम्भावित आसन्न व्यापार युद्धको सामना गर्न सक्षम हुने छैन ।
यदि राष्ट्रपति सीको योजना सफल भयो भने यसले चीनलाई मध्यम आयको जालबाट उम्कन र उच्च आय भएको अर्थतन्त्र बन्नको लागि चीन निर्णायक बिन्दूमा प्रवेश गर्छ । यद्यपि, यो सजिलो भने हुनेछैन । वासिङ्टनले चीनमा उच्च प्रविधियुक्त उत्पादनको निर्यात रोकेको छ र आफ्ना युरोपेली सहयोगीहरूलाई पनि यस्तै गर्न लगाएको छ ।
यदि व्हाइट हाउसमा ट्रम्प फिर्ता भए भने चीनको योजनामा कस्तो असर पर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण प्रश्न हो । धेरै विज्ञहरू सहमत छन् कि 'एजेन्ट ओरेन्ज'ले चिनियाँ अर्थतन्त्रका लागि ठूलो चुनौती खडा गर्नेछ र सीका नीतिगत लक्ष्यहरूलाई विफल पार्नेछ । तर यहाँ कम चर्चा गरिएको अर्को कथाको पक्ष छ ।
चीनले ट्रम्पलाई पुनः व्हाइट हाउस फर्केको देख्न चाहने धेरै कारणहरू छन् । ट्रम्पको विगतको रेकर्ड हेर्ने हो भने उनले अमेरिकालाई युरोपबाट अलग बनाउने अभियान चलाउन सक्नेछन् । बेइजिङले पनि युरोपले ट्रम्पको सल्लाह नमानोस् भन्ने चाहन्छ ।
यसो भएमा युरोपेली देशहरूले अमेरिकी सल्लाहको बेवास्ता गर्दै चिनियाँ कम्पनीहरूसँग सम्बन्ध बढाउने छन् । अमेरिकी गठबन्धनबाट युरोप अलग भएमा अमेरिकाले चिनियाँ आयातलाई कसिलो बनाएपनि राष्ट्रपति सीको वास्तविक र ठूला योजनाहरू सहजै कार्यान्वयन हुने देखिन्छ ।
भारतीय लेखक सैबाल दासगुप्ताद्वारा द इकोनोमिक टाइम्सका लागि गरेको विश्लेषणलाई लोकान्तरका ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...