×

NMB BANK
NIC ASIA

लकडाउन अवज्ञा गर्दै मेलम्ची ठेकेदार

चैत १८, २०७६

NTC
Premier Steels

लकडाउन उल्लंघन गर्नेलाई लाठी प्रहार गरी नियन्त्रण गर्ने सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिनो हाइड्रोलाई भने निर्वाध काममा लगाएको छ। सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सचेतना अपनाउँदै मुलुकभर लकडाउन गरे पनि आयोजना ठेकेदार कम्पनीले सरकारी निर्देशनको अवज्ञा गर्दै मुहान क्षेत्रमा झन्डै दुई सय मजदुरलाई निरन्तर काममा लगाउँदै आएको छ।

Muktinath Bank

स्रोतका अनुसार मुहान क्षेत्रमा भित्र-बाहिर आवतजावत गर्न बन्देज लगाएर मजदुरलाई नियमित काममा लगाइएको हो। मुहान क्षेत्र अम्बाथानमा कार्यरत अधिकांश मजदुर बाहिरका भएकाले उनीहरू घर फर्किन सम्भव नभएकाले काममा लगाउनुपरेको स्रोतको दाबी छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुहान क्षेत्रनजिक रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछाने अन्य विकल्प नभएको भन्दै आयोजनाका ठेकेदारले मजदुरलाई काम लगाइरहेको बताए। मजदुरहरू घर फर्किन सम्भव नभएको र काममा नलाग्दा खानेबस्ने समस्या हुने भन्दै आयोजनाको काम सुचारु राखेको जानकारी पाएको उनले बताए। ‘आयोजनाकै ग्याल्थुम अडिटमा काम पूर्णरूपमा ठप्प भएको छ तर मुहान क्षेत्रमा भने काम भइरहेको जानकारी आएको छ’, प्रहरी निरीक्षक लामिछानेले भने, ‘यो विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराइसकेका छौं।’


Advertisment
Nabil box
Kumari

बाहिर-भित्र आवतजावतमा बन्देज लगाएकाले संक्रमणको डर नहुने भन्दै कामलाई निरन्तरता दिइरहेको जानकारी आफूले पाएको लामिछाने बताउँछन्। अन्य क्षेत्रमा लकडाउन कडाइका साथ लागू गरे पनि राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाले नै काम गर्ने÷नगर्ने निर्देशन दिनुपर्ने उनको भनाइ छ। आयोजना निर्धारित समयअगावै सकिए पुरस्कार पाउने र ढिला भए जरिवाना तिर्ने सर्तमा ठेक्का लिएको कम्पनीले काम नरोकी निर्धारित मितिअगावै काम सक्न सरकारले निर्देशन दिएको लकडाउनसमेत पालना नगरेको स्रोतले बतायो।

Vianet communication

एक मजदुरका अनुसार कार्यक्षेत्रभित्र संक्रमित व्यक्ति नभएकाले बाहिर-भित्र आवतजावत गर्न नपाउने गरी लकडाउनकै रुपमा मजदुरहरूले काम गरिरहेका छन्।

ठेकेदार कम्पनीलाई आयोजना रहेको हेलम्बु गाउँपालिकाले पनि काम बन्द गर्न आग्रह गरिसकेको छ। पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार कम्पनीले मजदुरलाई काम नगरी पाल्न नसक्ने भन्दै काम निरन्तर राख्नुपरेको अडान राख्दै आएको छ। कम्पनीले अटेर गरेपछि गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनालाई पनि आग्रह गरेको थियो। ‘आयोजनाका कार्यकारी निर्देशकले समेत काम रोक्न निर्देशन दिइसकेको बताएका छन् र पनि कम्पनीले काम बन्द गरेको छैन’, अध्यक्ष शेर्पाले भने, ‘सरकारले आयोजनामा कार्यरत मजदुरलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने व्यवस्था गरे हुन्थ्यो।’

अध्यक्ष शेर्पाका अनुसार कम्पनीले स्थानीय कामदारलाई बिदा दिने र बाहिरका कामदारलाई मात्र काम लगाउने जानकारी दिएको छ। गाउँपालिकाले भने सरकारको निर्देशनअनुसार कम्पनीले सबै काम रोकेर लकडाउनको पालना गर्न कम्पनीलाई पटक-पटक आग्रह गरेको छ।

आयोजना प्रमुख तिरेश खत्रीले पनि सयभन्दा बढी मजदुर भित्री रहेको स्वीकार गरे। तर, उनले मजदुरलाई काममा नलगाएको, सरसफाइमा मात्र लगाएको बताए। ‘भित्रका मान्छे भित्रै छन्, बाहिरका बाहिरै’, खत्रीले अन्नपूर्णसित भने, ‘लकडाउनपछि घर फर्किन नसकेकाहरू मात्रै भित्र (आयोजनास्थल) छन्।’

लकडाउनपछि सरकारले नै मजदुरलाई उद्धार किन नगरेको भन्ने प्रश्नमा आयोजना प्रमुख खत्रीले यसबारे मन्त्रालयमा छलफल गरिने र लकडाउन लम्बिए केही उपाय गरिने बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x