०८ साउन २०८३, शुक्रबार

कोरोना भाइरस परीक्षण गर्न पोखरामा पुग्यो पीसीआर मेसिन

चैत १८, २०७६
कोरोना भाइरस परीक्षण गर्न पोखरामा पुग्यो पीसीआर मेसिन

कोरोना भाइरस परीक्षणको लागि गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार पीसीआर मेसिन ल्याएको छ। आवश्यक विभिन्न सामग्री बोकेर यहाँ आएको हेलिकोप्टर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाटमै ल्याण्ड गरेको थियो ।
सो सामग्री गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बुझेकी हुन्।

यहाँ ल्याइएका सामानमा पोर्टेवल पीसीआर मेसिनसहित रिजेन्ट,  १ हजार वटा पीपीइ सेट, २ हजार ४ सय थान मास्क, २ हजार पंजा, १० वटा आइ आर थर्माेमिटर, १ सेट पोर्टेवल भेन्टिलेटर छन्।

स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्राशिक्षक नवराज शर्माका अनुसार सामान ल्याइसकेपछि अब गण्डकीबाटै कोरोना भाइरसको ल्याब परीक्षण हुनेछ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले हालसम्म गण्डकीमा ३२ वटाको परीक्षण भएकोमा २० वटाको नतिजा नेगेटिभ आएको र अन्यको नतिजा आउन बाँकी रहेको जानकारी दिए ।

यसअघि पोखरामा पीसीआर मेसिन कहाँ राख्ने भन्ने विषयमा उत्पन्न विवादले सामान आइसकेको थिएन। प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेशिन पनि राख्ने सहमति भएको डा शर्माले बताए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा मेसिन राखेर परीक्षण गरिने भनिए पनि प्रयोगशालाका प्राविधिकले भाइरस परीक्षण गर्दा लगाउनुपर्ने पोसाक, मास्क, सेनिटाइजर लगायत सामग्री नभएको गुनासो गरेका छन्। उनीहरुले आफूहरुलाई यसबारे कुनै तालिम नदिइएको र तालिम दिएकाहरु भने घरमा बसेको गुनासो गरे।

salt training

कमेन्ट गर्नुहोस्