०७ साउन २०८३, बिहीबार

कञ्चनजङ्घा आरोही ब्राउनको निधन

कञ्चनजङ्घा आरोही ब्राउनको निधन
प्रतिकार्यात्मक तस्वीर।

नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाका प्रथम आरोही जोइ ब्राउनको बेलायती समयानुसार बुधबार बिहान निधन भएको छ। 

आफ्नै निवास वेल्सस्थित लियानबेरिसमा ८९ वर्षका उमेरमा निधन भएको ब्राउनका महिला साथी तथा उनको प्रसिद्ध ब्राउन सपकी सञ्चालिका क्याथी क्यासीले इमेलबाट जानकारी दिइन्।  उनी केही समयदेखि बिरामी थिए। 

कञ्चनजङ्घाको प्रथम आरोहण गर्नेमा ब्राउन र उनका साथी जर्ज ब्याण्ड थिए। ब्याण्डको पनि सन् २०११ अगष्ट २६ मा  निधन भइसकेको छ ।  उनीहरुले आठ हजार ५५६ मिटर अग्लो विश्वको तेह्रौँ अग्लो शिखर कञ्चनजङ्घाको प्रथम आरोहण विसं २०१२ जेठ ११ गते ९सन् १९५५ मे २५० मा गरेका थिए। साथी ब्याण्डसँग एकैपटक कञ्चनजङ्घा शिखरमा पुगेका ब्राउनले ‘द हार्ड इयर्स’ (कठिन वर्षहरु) शीर्षक आत्मकथा सन् १९६७ मा प्रकाशन गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्