
सुदूरपश्चिम प्रदेशमा आरडिटी पद्धतिबाट गरिएको कोरानाको नमूना परीक्षणमा एक व्यक्तिको नतिजा ‘इरर’ (केही नदेखिएको) पाइएको छ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले आइतबार आयोजित ‘मिडिया ब्रिफिङ’मा डडेलधुराका एक पुरुषको आरडिटी पद्धतिबाट नै गरिएको परीक्षणमा पोजिटिभ नतिजा देखाउँदा पिसिआर पद्धतिको नजिता नेगेटिभ आएको जानकारी दिए्।
प्रदेशमा पिसिआर पद्धतिबाट दुई हजार ५७८ को थ्रोट स्वाबको नमूना सङ्कलन गरिएकामा दुई हजार ५०१ को नतिजा नेगेटिभ आएको छ । यही पद्धतिबाट गरिएको परीक्षणबाट नतिजा पोजिटिभ भएको पुष्टि भएका पाँचजनामध्ये कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक राज विक सङ्क्रमण मुक्त भई आइतबार घर फर्किएका छन्।