०४ साउन २०८३, सोमबार

वाग्मती प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशनको तयारी

बैशाख २४, २०७७
वाग्मती प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशनको तयारी
फाइल फोटो।

वागमती प्रदेशको प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशनको हाल तयारी भइरहेको छ। प्रदेशसभाका सचिव कृष्णहरि खड्काले कोरोनाको सङ्क्रमणलाई मध्यनजर राखी बजेट अधिवेशन गर्दा प्रदेश सदस्यबीच सामाजिक दूरी कायम हुने गरी बैठक कक्षभित्र टेबल कुर्सी र माइकको व्यवस्था भइरहेको बताए।

सचिव खड्काले अधिवेशन अवधिभर प्रदेशसभा सदस्यलाई मूल प्रवेशद्वारदेखि ह्यान्ड स्यानेटाइजर प्रयोग गराई मास्क, पञ्जा लगाउन दिने र थर्मलगनबाट तापक्रम नाप्ने व्यवस्था गरिने बताए। उनले सम्भवतः आगामी जेठ महिनाको पहिलो हप्ता शुरु हुने अधिवेशनलाई ध्यान दिई व्यवस्थापनको काम भइरहेको र यही वैशाख महिनाभित्र तयारी पूरा हुने जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्