०५ साउन २०८३, मंगलबार

कर्णालीमा पनि दीप प्रज्ज्वलन, मुख्यमन्त्रीद्वारा स्वास्थ्यकर्मीलाई धन्यवाद

बैशाख २५, २०७७
कर्णालीमा पनि दीप प्रज्ज्वलन, मुख्यमन्त्रीद्वारा स्वास्थ्यकर्मीलाई धन्यवाद

बुद्ध जयन्तीको अवसरमा कर्णाली प्रदेशमा पनि बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको छ। 

दीप प्रज्ज्वलन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाले अन्य देशमा ज्यान लिइरहँदा नेपालमा अहिलेसम्म बचाउन सकिएको बताउँदै स्वास्थ्यकर्मीलाई धन्यवाद दिए। ‘आज विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती लकडाउनका कारण मनाउन सकिएन। कोरोना त्रासले संसार नै त्राहित्राहि भएको समयमा त्यो गर्न नि सकिएन,’ उनले भने, ‘देशमा शान्ति छाओस् भन्ने कामनासहित कोरोनाबाट कसैले पनि ज्यान गुमाउन नपरोस्, यसका लागि देशै भरीका स्वास्थ्यकर्मीमा थप उत्साह छाओस् भन्ने चाहनाका साथ दीप बालेका हौं।’

मुख्यमन्त्री शाहीले सरकारले घोषणा गरेको लकडाउनलाई परिपालना गराउन योगदान दिने सुरक्षाकर्मी, नागरिकप्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि कोरोनाबाट जोगाउन भूमिका खेल्नुहुने अपेक्षा व्यक्त गरे।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीमगर र मन्त्रीहरुले दिगो शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्