१९ असार २०८३, शुक्रबार

'कोरोनाकाे डर' भन्दै नगरपालिकाले नै नष्ट गर्‍याे तरकारी र फलफूल

जेठ ६, २०७७
'कोरोनाकाे डर' भन्दै नगरपालिकाले नै नष्ट गर्‍याे तरकारी र फलफूल

तनहुँको शुक्लागण्डकी नगरपालिकाले तरकारी र फलफूल जफत गरी नष्ट गरेको छ।

तरकारी तथा फलफूलबाट कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिने सक्ने भन्दै नगरपालिकाको गत शुक्रबार बसेको बैठकले त्यस्ताखालका पसल बन्द गर्ने निर्णय गरेको थियो। 

तर नगरपालिकाको टोली अनुगमनमा निस्केकोमा दुलेगौंडास्थित तारादेवी स्टोर्सले अटेर गरी तरकारी तथा फलफूल बेचेको पाइएपछि जफत गरी नष्ट गरिएको हो।

आँप, खरबुजा, केरा, बोडी, चिप्ले भिन्डी, आलु प्याज, गोलभेडा लगायत तरकारी र फलफूल गरी डेढ गाडी परिणाम नष्ट गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए। नगरपालिकाको अर्को सूचना जारी नहुदाँसम्म तरकारी तथा फलफूल पसल बन्द गर्न अनुरोध गरेको छ। 

शुक्लागण्डकीको दुलेगौँडा, खैरेनीटार र कोत्रेबजारमा स्थानीय जनप्रतिनिधिसँग नगरपालिकाले अनुगमन थालेको छ। 

नगरपालिकाका मेयर किसान गुरुङ, उपमेयर सविता रसाइली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडाध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी, पत्रकारसहितको टोलीलाई ती तरकारी तथा फलफूल जफत गर्नुपर्ने दबाब स्थानीयले दिएका थिए।

नगरक्षेत्रमा सञ्चालित खाद्यान्न सामग्री किनबेच गर्ने पसल समेत सातामा २ दिनमात्र चलाउन पाइनेछ। आइतबार र बिहीबार बिहान ६ देखि  १० बजेसम्म  मात्र  खोल्ने दिने निर्णय नगरपालिकाले गरेको हो।

नगर क्षेत्रका बैंक तथा सहकारी संस्थाहरु साता २ दिन अर्थात आइतबार र बिहीबार बिहान ११  देखि दिउँसो ३ बजेसम्म संचालन हुनेछन्। 

यस्तै, मेडिकल, डेरी, बीजभण्डार र पशुपंक्षीको दाना तथा औषधी बिक्री गर्ने भेटेरीनरी पसल बाहेक अन्य पसल बन्द गरी सहयोग गर्न नगरले अपील गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्