×

NMB BANK
NIC ASIA

सँगसँगै रक्सी खाएर होहल्ला गर्दा ख्यालख्यालमै साथीको हत्या, २ सहकर्मी पक्राउ

जेठ ८, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पोखरा महानगरपालिका–२७ अर्घौमा गत शनिवार भएको युवक हत्याकाण्डका २ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

Muktinath Bank

सामान्य निहुँमा ढुंगाले हानी हत्या गर्ने मृतकका सहकर्मीहरू भएको खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्याकाण्ड लुकाउन खाल्डो खनेर गाडिएको अवस्थामा प्रहरीले मंगलवार शव उत्खनन् गरी बाहिर निकालेको थियो । मृतक कास्कीको मादी घर भई हाल पोखरा–२७ सुन्दरीबजार बस्ने २१ वर्षीय सुजन विक हुन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सुजनसँगै काम गर्ने प्यूठानका २ जना युवक छन् । प्यूठानको गौमुखी गाउँपालिका–३ घर भई हाल पोखरा–२७ सुन्दरीबजार बस्ने २३ वर्षीयका प्रकाश घर्ती मगर र २१ वर्षीय थमन पुनमगर पक्राउ परेका छन् । अभियुक्तहरू बिजुलीको काम गर्दै आएका थिए ।

Vianet communication

सार्वजनिक गरिएको घटना विवरण अनुसार जेठ ३ गते शनिवार राति सवा ७ बजे सुजन, प्रकाश, थमन, राम पुनमगरसहित ५ जनाले सँगै रक्सी खाए । तीमध्ये रामु साढे ९ बजेतिर सँगै रहेकी एक दिदीलाई छोड्न भनी निस्के ।

बाँकी रहेका सुजन, प्रकाश र थमन पनि रक्सी खाएपछि घरजान भनी निस्के । बाटोमा सुजनले गालीगलौज र होहल्ला गर्दै हिँड्न थालेपछि सहकर्मीहरूले निको मानेनन् । १–२ पटकसम्म हल्ला नगर भनी सम्झाए पनि । पछि अटेर गरेपछि थमनले सुजनलाई मुक्का हाने । पछाडिबाट मुक्का हानेपछि सुजन थचक्क भुइँमा बसे र पुनः चिच्याउन र कराउन थाले ।

लगत्तै प्रकाशले जमिनमा रहेको ढुंगो टिपेर सुजनको टाउकोको पछाडि बजारे । करीब ३ किलो बढी तौल रहेको ढुंगाको प्रहारबाट सुजनको टाउकोको बायाँपट्टि लाग्यो ।

विडम्बना ! सुजनको घटनास्थलमै मृत्यु भयो । ख्यालख्यालमै सहकर्मीको मृत्यु भएपछि अभियुक्त प्रकाश र थमन कालोनिलो भए । उनीहरूले हाल शव भेटिएको स्थानभन्दा करीब २–३ सय मिटर पूर्वतर्फ सुजनको हत्या गरेका थिए । पछि शव झुण्डाउँदै उनीहरूले बाँझो रहेको खेतको डिलमा ढुंगाको पर्खालबाट शव छिराए र घर फर्किए । मिलेर सँगै फेरि गाँजा खाए ।

शव सही व्यवस्थापन नभएकाले हत्याकाण्डको पोल खुल्ने डरले उनीहरू राति पुनः घटनास्थल फर्के र काठको दाउराले केही भाग खनी खोस्री सामान्य तरिकाले ढुंगाले पुरेर फर्के । उनीहरू घर फर्किदाँ रातको साढे १२ बजेसकेको थियो ।  

साथीहरू सँगसँगै गएको छोरो नफर्केपछि सुजनकी आमाले उनीहरूलाई सोधखोज गरिन् । उल्टै उनीहरूले पर चौतारीसम्म गएको पछि अर्को साथीले बोलाएकाले १५ मिनेटमै आउँछु भनी गएको, हामीलाई थाहा भएन, के अझैसम्म आएका छैनन् र भनी उल्टै प्रतिप्रश्न गरेको घटनाको व्यहोरा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा सार्वजनिक गरे । 

उनका अनुसार सुजन हराएपछि सोधखोज गर्दा पनि पत्तो नलागेपछि घरपरिवारले जेठ ६ गते मंगलवार प्रहरीसमक्ष उजुरी गरेका थिए । उजुरी परेकै दिन साँझ ५ बजेतिर कास्की प्रहरी प्रमुख कार्कीसहित डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाट, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारी सम्मिलित टोलीले शव भेटाएको हो ।

त्यसपछि हत्याकाण्डको घटना बाहिरियो । प्रहरीले मंगलवार र बुधवार गरी घटनाको अनुसन्धान क्रममा १० जना मानिसलाई पक्राउ गरी बयान लिएर छाडेको थियो । ती १० जनामध्ये अभियुक्त भनिएका प्रकाश र थमन पनि थिए ।

शुरूआतमा कठिन परेको प्रहरीलाई पछि अनुसन्धान ‘न्यारो डाउन’ गर्दै जाँदा हत्याको रहस्यसँगै अभियुक्त पहिचान गर्न सहज भएको बताइएको छ । दुवै अभियुक्तलाई बिहीवार बिहान पुनः पक्राउ गरिएको थियो ।

कास्कीमा गत जेठ ३ मा समेत पोखरा–१४ मा २२ वर्षीय बिमल रानाभाटको शव प्रहरीले गाडिएकै अवस्थामा फेला पारेको थियो । आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर रानाभाटको हत्या गरेको अनुसनधानमा खुलेको थियो । परियारले १ महिनाअघि रानाभालाई घनले हानेर हत्या गरी उनकै घर पछाडि बारीको डिलमा शव गाडेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x