×

NIC ASIA

प्रदेश नम्बर पाँचको बाँकेबाट एकसाथ शुक्रवार कोभिड–१९ (कोरोना भाइरस) लाई जितेर घर फकिँदै छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २१ जना घर फर्किन लागेका हुन् ।

Muktinath Bank

निको हुनेमध्ये ११ देखि ६० वर्ष उमेर समूहका छन् । उनीहरू वैशाख १९, २१ र २३ गते संक्रमण पुष्टि भएर अस्पतालमा आएका हुन् । सो अस्पतालमा अझै ७ जना उपचाररत छन् । उनीहरु सबै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ र ८ नम्बर वडाका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश पाँचमा वैशाख १९ गते एकसाथ बाँकेका आज डिस्चार्ज हुने ६० वर्षीय पुरुष र रुपन्देहीका २५ वर्षीय युवामा पहिलो पटक कोरोना देखिएको थियो । बाँकेका जनस्वास्थ्य अधिकृत तथा कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठ केही बेरमा उनीहरूलाई डिस्चार्ज गरिने बताए ।


Advertisment
Nabil box
Kumari

उनले लोकान्तरसँग भने, ‘हामीलाई असाध्यै खुसी लागेको छ । तीन हप्तामा उहाँहरुलाई निको बनाएर घर पठाउँदा हामी पनि खुसी छौं । उहाँहरुलाई अस्पतालमा बस्दा कुनै पनि लक्षण देखिएन । आज घर गएर दुई हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।’

Vianet communication

श्रेष्ठले थपे, ‘हामी हुन् लक्ष्यका साथ उपचारमा खटियौं, आज त्यो लक्ष्य पूरा भएको छ । यसमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबै खुसी छौं ।’

योसँगै प्रदेश पाँचमा कोरोना निको हुनेको संख्या २२ पुगेको छ । रुपन्देहीको कोटहीमाईका पहिलो संक्रमित युवा एक हप्ता अगाडि कोरोना जितेर घर फर्किसकेका छन । प्रदेश पाँच कोरोनाको इपिसेन्टर बन्न पुगेको छ । सबैभन्दा धेरै बाँके जिल्लामै कोरोना संक्रमित छन । त्यहाँ ९१ जना कोरोनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँको नरैनापुर गाउँपालिकाका सबैभन्दा धेरै संक्रमित छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले यति धेरै संख्यामा निको भएर घर फर्किएपछि कोरोनासँग डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘कोरोना भाइरसँग लड्न सकिन्छ । आफूले आफूलाई सुरक्षित राखौं आत्मबल बढाएर बसे कोरोनालाई सजिलै जित्न सकिन्छ ।’

कक्षपतिले उनीहरुलाई केही समयभित्रै डिस्चार्ज गरी घर पठाइने लोकान्तरलाई जानकारी दिए । आइसोलेसन सेन्टर बाँकेमा ४१ जना, लायन्स अस्पताल खजुरामा २२ जना पनि उपचाररत छन् ।

प्रदेश पाँचका ७ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भने दुई जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुरका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीया शिक्षकको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । भने संक्रमण ४ सय ८७ पुगेको छ । सबैभन्दा बढी कोरोना प्रदेश पाँच र प्रदेश दुईमा संक्रमित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x