×

NMB BANK
NIC ASIA

सीमा नाकामा नेपालीलाई स्वागत ! क्वारेन्टाइनसम्म पुर्‍याउन ६ चरणको तयारी

जेठ १२, २०७७

NTC
फाइल फोटो
Premier Steels

कैलालीको गौरीफन्टा नाकासँगै सोमवार १२ बजेदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि भारतमा रहेका नेपालीलाई प्रवेश गर्न दिइने भएको छ ।

Muktinath Bank

कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै लामो समयसम्म वैधानिक सीमा नाकाबाट प्रवेश निषेध गरेको सरकारले लुकीछिपी प्रवेश गर्नेक्रम बढेपछि स्वागत गर्ने नीति लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वदेश फिर्ता हुने नेपालीलाई व्यवस्थित ढंगले भित्र्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विभिन्न चरणको तयारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नूरहरि खतिवडाले विभिन्न चरण र प्रक्रिया पुर्‍याएर मात्रै प्रवेश गराउने जानकारी दिए । उनका अनुसार भारतबाट आएका नेपालीहरूले सबभन्दा पहिले कहाँबाट आएको, के काम गरेको, कहिलेदेखि बसेको लगायत विवरण समेटिएको व्यक्तिगत विवरण सहितको फाराम भर्नुपर्ने छ ।

Vianet communication

सरकारी फाराम बोकेर नेपालीहरू लाइनमा बस्नुपर्ने छ । उनीहरूलाई १ बोत्तल पानी, मास्क, १ पुरिया बिस्कुट दिइने छ । त्यसपछि हेल्थ डेस्कमा सामान्य स्वास्थ्य परीक्षण हुनेछ ।

हेल्थ डेस्कमा ज्वरो नाप्ने काम हुने बताउँदै सीडीओ खतिवडाले कसैलाई गम्भीर समस्या देखिएको अवस्थामा मात्रै थप परीक्षणको व्यवस्था गरिने उल्लेख गरे । सामान्य परीक्षणपछि सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशका गरी २ भागमा विभाजन गरिने छ । त्यसैअनुसार प्रवेश चाहनेहरूको तथ्यांक कम्युटरमा इन्ट्री गरिने प्रशासनले जनाएको छ ।

सोमवारको खानपिनको व्यवस्थापन समेत गरेको बताउँदै प्रजिअ खतिवडाले खानापछि सम्बन्धित ठाउँमा पठाउने जानकारी दिए ।

आइतवार बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार उद्धार गरिन लागेको छ ।

सीडीओ खतिवडाले सोमवार १ हजार ५०० जनाको हाराहारीमा नेपालीहरू भित्रिने अनुमान रहेको बताए । बिहानैदेखि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको चिकित्सक सहितको टोली सीमा नाकामा खटिएको जनाइएको छ ।

यसअघि गड्डाचौकी नाकाबाट चैत ९ गतेसम्म भारतका विभिन्न शहरबाट करीब ७० हजार नागरिक अव्यवस्थित रुपमा भित्रिएका थिए ।

भारतमा यातायात शुरू गरिएसँगै सुदूरपश्चिमका विभिन्न नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचार बाहेकका सबै सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट ९ दिनको अवधिमा १२ हजार बढी नेपाली स्वदेश फिर्ता भएका छन् । जेठ २ गतेदेखि आइतवारसम्म गौरीफन्टा सीमानाकाबाट १२ हजार २४३ जनाको उद्धार गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आइतवार मात्र गौरीफन्टा नाकाबाट ३ हजार ९६४ जनाको उद्दार गरिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x