बनारसमा ‘भगवान’ लाई गर्मी भएपछि चढाइयो कोल्ड ड्रिंक

भारतमा अहिले गर्मीको कहर छ । गर्मीका कारण मानिस मात्र नभई भगवान समेत समस्यामा परेका छन् । 

बनारसका मन्दिरमा भक्तहरू भगवानको मूर्तिमा कोल्ड ड्रिंकका्े भोग चढाइरहेका छन् । अनि भगवानका लागि एसी र पंखाको व्यवस्था पनि उनीहरू गरिरहेका छन् । 


Advertisement

काशीको बाबा बटुक भैरव मन्दिरमा सेवक र पुजारीहरूले कोल्ड ड्रिंक र चकलेट चढाएका हुन् । 

अहिले बनारसमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा बढी छ । भगवानलाई शीतल दिन एसी, पंखा र एग्जस्ट फ्यान लगाइएको छ । 


Advertisement

उक्त मन्दिरमा तान्त्रिक विधिले पूजाआजा गरिने हुँदा अण्डा, मासु र रक्सीको भोग पनि लगाइने गरिन्छ । अन्य समयमा भक्तहरूले चकलेट र टफी चढाउने गरेकोमा गर्मीमा कोल्ड ड्रिंक चढाइएको हो । 

बाबालाई गर्मी नलागोस् र उहाँले आशीर्वाद दिइरहनुहोस् भनी कोल्ड ड्रिंक चढाइएको सेवक राजेशले बताए ।

बच्चाहरूले मन पराउने सबै कुरा बटुक भैरवलाई चढाइने गरिन्छ । अनि ती कुराहरू प्रसादका रूपमा बच्चाहरूलाई बाँडिन्छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्