×

NMB BANK
NIC ASIA

कानून संशोधन गरेर जनप्रतिनिधिलाई ‘मासिक पारिश्रमिक’को सट्टा अन्य १० थरी सुविधा !

जेठ १९, २०७७

NTC
Premier Steels

स्थानीय तहका जनप्रतिनिधिहरूको रोकिएको सेवा सुविधा फिर्ता गर्न यतिबेला सुदूरपश्चिम प्रदेश सरकार अन्तिम कसरतमा जुटेको छ ।

Muktinath Bank

कोरोना भाइरस (कोभिड १९)को महामारीपछि जारी लकडाउनका बीच कानून संशोधन गरेर भएपनि सुदूरपश्चिम प्रदेश सरकार सेवा सुविधा उपलब्ध गराउन तातेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभाको जेठ १३ गतेदेखि शुरु भएको छैठौं अधिवेशनको पाँचौं बैठकबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ पास भएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले छलफलका लागि पेश गरेको सो विधेयक सभाबाट पास भई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पेश गरिएको बताए । सो प्रस्तावमा प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको समर्थन रहेको हो ।

Vianet communication

विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले शब्दावली परिवर्तनका साथै केही छुटेको सुविधा थप गरी सेवा सुविधा दिने गरी ऐन आउन लागेको बताए ।

उनले भने, ‘एकमुष्ट रकम नभएपनि शीर्षक परिवर्तन गरेर वा थप गरेर पहिलेकै रकम सुविधाको रुपमा दिन ऐन संशोधनको प्रक्रियामा छ ।’

पहिलेको ऐनमा वडा सदस्यहरू सेवा सुविधाबाट वञ्चित रहेको बताउँदै सभापति चौधरीले अब वडा सदस्यहरूले पनि निश्चित रकमसहितको सुविधा पाउने गरी ऐन संशोधन भई आउन लागेको बताए ।

सभापति चौधरीका अनुसार अब सुदूरपश्चिम प्रदेशस्थित उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समितिका पदाधिकारीहरूले महिनामा कम्तिमा ४ पटक बैठक भत्ता लिन सक्नेछन् । उनीहरूको प्रति बैठक भत्ता ५ सयदेखि २५ सयसम्म रहेको छ ।

थरीथरीका विलासी सुविधा

उनीहरूले बैठक भत्ताका साथै यातायात खर्च, टेलिफोन खर्च, मोबाइल खर्च, पत्रपत्रिका, पुस्तक, इन्टरनेट, अतिथि सत्कार, अनुगमन भत्ता, स्वादेश तथा विदेश भ्रमण भत्ता, सवारी साधन, यात्रा दुर्घटना बीमा गरी १० किमिमको सेवा सुविधा पाउने भएका छन् ।

अधिवक्ता लोकेन्द्र वलीले स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिनु संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत कार्तिक १ गते  सो रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले पारिश्रमिक लिन नपाइने फैसाला सुनाएको थियो ।

फैसलाअनुसार पारिश्रमिक कटौती भएपछि जनप्रतिनिधिले खर्च धान्नै मुस्किल भएको गुनासो गर्दै आएका थिए ।

विगतमा सुदूरपश्चिमस्थित उपमहानरपालिकाका प्रमुखले ४० हजार, उपप्रमुखले ३५ हजार, वडाध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले ११ हजार र वडा सदस्यले ७ हजार पारिश्रमिक लिँदै आएका थिए ।

नगरपालिका प्रमुखले ३५ हजार, उपप्रमुखले ३० हजार, वडाध्यक्षले २२ हजार, कार्यपालिका सदस्यले ९ हजार र वडा सदस्यले ६ हजार रुपैयाँ पाउँथे भने गाउँपालिका अध्यक्षले ३० हजार, उपाध्यक्षले २५ हजार, वडाध्यक्षले २० हजार र कार्यपालिका सदस्यले ८ हजार र वडा सदस्यले ५ हजार रुपैयाँ बुझ्ने गरेका थिए ।

तर हाल कानुन संशोधन गरेर सुविधा दिन थालिएपछि शीर्षक परिवर्तन गरेर सुविधा दिन खोज्नु पनि संविधान विपरीत रहेको बताइएको छ ।

सर्वोच्च अदालतको आदेशको २९ नं. बुँदामा भनिएको छ, ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पारिश्रमिक लिन पाउने संवैधानिक व्यवस्था नरहेबाट जुन कुरा प्रत्यक्ष तवरले लिन सकिँदैन उक्त कुरा अप्रत्यक्ष वा भाषागत रूपमा घुमाउरो तबरले समेत गर्न वा लिन हुँदैन ।’

आदेशमा थपिएको छ – ‘त्यसैले प्रदेशहरूले जारी गरेको उल्लेखित ऐनमा गरिएको दफा ३ को मासिक सुविधा र अनुसूची १ मा तोकिएको मासिक सुविधाको रकमसम्बन्धी व्यवस्था पारिश्रमिक स्वरूपको तलब प्रकृतिको देखिन आएकाले अप्रत्यक्ष तवरले पारिश्रमिक लिने कार्य संविधानप्रतिको जालसाजी हुने ठहर छ । त्यो संविधानको भाषा र भावना विपरीत हुने देखिन्छ ।’

(यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x