
रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको विरोधमा पोखरामा मंगलवार विरोध प्रदर्शन गरिएको छ ।
विश्वकर्मा समाज, मिजार समाज, परियार सेवा समाज र नेपा गन्धर्व समुदाय विकास केन्द्र पोखराले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
पोखरा सिर्जना चोकबाट शुरू विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर शान्तिपूर्ण धर्नामा परिणत भएकोे थियो ।
जुलुसका सहभागीले जातीय विभेदसहित ६ जना युवाको एकै चिहान हुने गरी भएको नरसंहार विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
गत जेठ १० गते भएको घटनामा नवराज विकसहित उनका साथिहरू गणेश बुढामगर, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनारको मृत्यु भएको छ भने अर्का गोविन्द शाही भेरी नदीमा बेपत्ता छन् ।