०८ साउन २०८३, शुक्रबार

काठमाडाैँका दुई औषधि पसललाई दुई लाखका दरले जरिवाना

काठमाडाैँका दुई औषधि पसललाई दुई लाखका दरले जरिवाना

सरकारले काठमाडाैँका २ औषधि पसललाई कारवाही गरेको छ।

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीले बिलबिजक जारी नगरेकाे पाएपछि जरिवाना गरेकाे हाे।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल दुई/दुई लाख जरिवाना गरिएको हो ।  उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य,  सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्