०५ साउन २०८३, मंगलबार

सिद्धबाबा दुर्घटनाका घाइते पाँच जनालाई काठमाडौँ रेफर गरियाे

असार २, २०७७
सिद्धबाबा दुर्घटनाका घाइते पाँच जनालाई काठमाडौँ  रेफर गरियाे

तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा घाइते भएका पाँच जनालाई काठमाडौँ रेफर गरिएको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये पाँच जनाको स्वास्थ्यावस्था गम्भीर रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइते तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल र बालकृष्ण बस्याललाई काठमाडौँ रेफर गरिएको छ भने कृष्ण बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। घाइतेको उमेर अन्दाजी ३५ देखि ४५ वर्ष रहेको जनाइएको छ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको डबल क्याप जीप सडकबाट तिनाउ नदीमा खसेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्