०५ साउन २०८३, मंगलबार

करेन्ट लागेर दुई जनाको मृत्यु

असार ९, २०७७
करेन्ट लागेर दुई जनाको मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर मंगलबार दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनबहादुर खाँणका अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख ४७४४ नम्बरका टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।  

मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका–६, बस्ने ३२ वर्षीय भरत थापा र नवलपुरको विनयीत्रिवेणी–५ धुरकोट  देवराली बस्ने सहचालक १७ वर्षीय आशिष विक रहेका छन् । यस्तै सोही खोलामा नुहाइरहेका लु२ख ४४४८ नम्बरको टिपर चालक उपमहानरपालिका–१७ बस्ने ४५ वर्षका कृष्णबहादुर पाण्डेसमेत करेन्ट लागेर घाइते भएका छन्। 

मृतक दुई जनालाई शव परीक्षणका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रनाउ खाँणले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्