
स्याङ्जा प्रहरीले सालको काठसहित तीन जनालाई पक्राउ गरेको छ।
४४ थान सालको गोलियासहित चापाकोट– ८ क्वामीबाट फर्निचर सञ्ञ्चालक टोपलाल न्यौपाने र काठ ल्याउने चापाकोट –२ का शिवप्रसाद रेग्मी पक्राउ परेका हुन्।
यसैगरी चापाकोट– २ का मोहन भनिने ४० वर्षीय श्रेष्ठलाई पनि काठसहित पक्राउ गरिएको छ।
पक्राउ परेकालाई डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।