×

NIC ASIA

संक्रमितको दैनिक संख्या किन उस्तै अंकमा छ ? डा. रवीन्द्र पाण्डे

असार १५, २०७७

Prabhu Bank
NTC
Premier Steels

विगत धेरै दिनयता दैनिक संक्रमितको संख्या ४००–७०० को बीचमा छ । सामान्यतया कोरोना संक्रमणको ट्रेन्ड यस्तो प्रकारको हुँदैन ।

Muktinath Bank

रोग नियन्त्रण हुने समयमा जब कर्भ फ्ल्याट हुन्छ, त्यो अवस्थामा अहिलेको ट्रेन्ड देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा कोरोना संक्रमणको उच्च विन्दु कहिले पुग्छ भन्ने बारे वैज्ञानिक आधार छैन । सरकारी, सामुदायिक तथा निजी प्रयोगशालाबीच समन्वय गरेर जाँचको दायरा दैनिक पन्ध्र हजार पुर्‍याउन सकिन्छ, यसका लागि सरकारले स्टकमा रहेका स्याम्पल निजी ल्याबलाई दिने तथा त्यसबापत निजी ल्याबलाई सरकारले शुल्क तिर्ने ब्यवस्था गर्दा आम जनतामा आर्थिक बोझ पर्दैन ।


Advertisment
Nabil box
Kumari

हामी कहाँ मोलिकुलर वैज्ञानिक, माइक्रोबायोलोजिस्ट तथा भाइरोलोजिस्टको दक्ष जनशक्तिलाई सरकारले उपयोग गरेको देखिएको छैन, त्यो जनशक्तिलाई सामान्य सिस्टमबारे तालिम दिएर खटाउने हो भने २४ घण्टा नै परीक्षण गर्न सम्भव छ ।

Vianet communication

कोरोनाभाइरस RNA भाइरस रहेको तथा RNA छिट्टै नै नष्ट हुने भएको हुँदा कोल्ड चेन मेन्टेन नगरेमा तथा तत्काल परीक्षण नगरेमा RNA नष्ट भएर संक्रमितको PCR रिपोर्ट नेगेटिभ आउन सक्छ । यो तथ्यलाई ध्यान दिनु जरुरी छ ।

भारतबाट नेपाल फर्किने नागरिकको गाउँमा, सीमावर्ती जिल्लामा तथा ठूला सहरमा परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा पुगेको छ भनेर यकिन गर्न सकिँदैन, त्यसैले परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्नु जरुरी छ ।

स्वेच्छाले PCR टेस्ट गर्न चाहनेलाई Paying clinic वा निजी ल्याबबाट परीक्षण गर्ने व्यवस्था पनि गर्न सकिन्छ । धनी व्यक्तिलाई राज्यले नि:शुल्क परीक्षण गर्नुभन्दा त्यो शुल्कलाई आम जनताको परीक्षणमा खर्च गर्नु न्याय संगत हुन्छ ।

सरकारी तथा निजी क्षेत्रका विज्ञहरूले कोरोना संक्रमणको यो एकै गतिलाई विश्लेषण गर्नु जरुरी छ ।

यो विश्लेषण र व्यापक परीक्षणबाट ४-५ दिनमै हामीले संक्रमणको गति र चरण बुझ्न तथा त्यहीअनुसार रणनीति बनाउन सहयोग मिल्नेछ ।

अन्यथा हामीलाई कोरोना संक्रमण भुसको आगो भएको छ कि उच्चबिन्दुमा पुगेर झर्दैछ भन्ने यथार्थता थाहा हुँदैन । यथार्थता थाहा नभएको अवस्थामा कुहिरोको काग बन्नुको कुनै विकल्प हुँदैन ।

(डा. पाण्डेको फेसबूकबाट)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x