०८ साउन २०८३, शुक्रबार

के कोरोना भाइरस चमेरोले मानिसमा सारेको हाे ? यसाे भन्छन् वैज्ञानिक

असार १६, २०७७
के कोरोना भाइरस चमेरोले मानिसमा सारेको हाे ? यसाे भन्छन् वैज्ञानिक
file photo

अहिले विश्व काेराेना भाइरसबाट आक्रान्त छ। चीनकाे वुहान सहरबाट देखिएकाे भनिएकाे याे भाइरसबाट बच्न अहिलेसम्म खाेप बनिसकेकाे छैन।काेराेना जीवजन्तुबाट मानिसमा सरेकाे बताइन्छ ।

तर कुन जीवबाट सरेकाे हाे भनेर अहिलेसम्म वैज्ञानिकहरुले पुष्टि गर्न सकेका छैनन्।

टेक्सस विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी  इरोरो तान्शी  कोभिड-१९ लगाउने सार्स-कोभ-२ नामक भाइरससँग ९६ प्रतिशत मिल्दोजुल्दो अर्को एउटा भाइरस एकखाले जङ्गली चमेरोमा पाइएकाले मानिसहरूले चमेरोलाई दोष लगाएको बताउँछिन्। ​

तान्शी भन्छिन्, 'हालैका अनुसन्धानले करिब ४०-७० वर्षअघि सार्स-कोभ-२ भाइरस जङ्गली चमेरोबाट छुट्टिएको देखाएका छन्।'

 चमेरोले मानिसहरूमा सार्स-कोभ-२ भाइरस सिधा सारेका होइनन् भन्ने प्रमाण दिएको उनकाे भनाइ रहेकाे बीबीसीले उल्लेख गरेकाे छ।

मासाई मारा विश्वविद्यालय केन्यामा वन्यजीव विज्ञान प्राध्यापन गरिरहेका डा. पोल डब्लू वेबाला भन्छन्, 'विकासवादी भाषामा भन्दा मानिसमा सार्स-कोभ-२ चमेराबाट आएको हो भने त्यसलाई प्रसार गर्ने कुनै मध्यमार्गी तत्त्व हुनुपर्छ।'

salt training

कमेन्ट गर्नुहोस्