०६ साउन २०८३, बुधबार

कर्णालीमा २ सय ९९ जना मात्रै आइसोलेसनमा, संक्रमितको संख्या १४ सय ८३

असार १९, २०७७
कर्णालीमा २ सय ९९ जना मात्रै आइसोलेसनमा, संक्रमितको संख्या १४ सय ८३

कर्णाली प्रदेशमा कोरोना संक्रमण भएकाहरु धमाधम डिस्चार्ज हुँदै घर फर्किएका छन् ।

शुक्रवार दिउँसोसम्म १ हजार ४ सय ८३ जना संक्रमित भएकोमा २ सय ९९ जना मात्रै अहिले आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेख अस्पतालबाट शुक्रवार ९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या बढेको हो ।

कोरोना संक्रमित हुनेहरु नारायण नगरपालिकाका ८ जना र डुंगेश्वर गाउँपालिका दैलेखका १ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्